Thursday 15th January 2026

नुवाकोट बस दुर्घटना अपडेटः १ को मृत्यु, ५८ घाइते


तितोपाटी – नुवाकोटको विदुर नगरपालिका–९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ ।

म्यागङ गाउँपालिका–२, बुङताङबाट काठमाडौंका लागि छुटेको बा२ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७, तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारकाक्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

हेलिकोप्टरमा काठमाडौं लगिएकी तामाङको ग्रान्डी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५८ जना घाइते भएकामा ८ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

गम्भीर अवस्थाका साल्मेका ५६ वर्षीय प्रेमसिह तामाङ, ५७ वर्षीय होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीय छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ र ४० वर्षीया मंगलीमाया तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

उनीहरुको राजधानीका ग्रीनसिटी र ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मिनीट्रकलाई बाटो दिनेक्रममा सडकको डिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो । रासस


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...