Sunday 22nd March 2026

नुवाकोट बस दुर्घटना अपडेटः १ को मृत्यु, ५८ घाइते


तितोपाटी – नुवाकोटको विदुर नगरपालिका–९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ ।

म्यागङ गाउँपालिका–२, बुङताङबाट काठमाडौंका लागि छुटेको बा२ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७, तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारकाक्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

हेलिकोप्टरमा काठमाडौं लगिएकी तामाङको ग्रान्डी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५८ जना घाइते भएकामा ८ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

गम्भीर अवस्थाका साल्मेका ५६ वर्षीय प्रेमसिह तामाङ, ५७ वर्षीय होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीय छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ र ४० वर्षीया मंगलीमाया तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

उनीहरुको राजधानीका ग्रीनसिटी र ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मिनीट्रकलाई बाटो दिनेक्रममा सडकको डिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो । रासस


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...