Sunday 22nd March 2026

घर जग्गा केहि पनि नभएका विपन्न परिवारलार्इ सरकारले अावास दिने


तितोपाटी – सरकारले घर र जग्गा नभएको परिवारलाई आवास दिने भएको छ । आफू र परिवारसँग पनि जग्गा वा आवास नभएको स्व घोषणा गरे त्यसको ब्यवस्था सरकारले गर्नुपर्नेछ । आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । सरकारले नयाँ संविधानमा आवासको सुविधालाई मौलिक हकमा राखेको छ ।

कुनै ब्यक्तिले आफु र आफ्नो परिवारसंग आवास र जग्गा नभएको तथा आफ्नो र परिवारको आम्दानीले पनि बनाउन नसक्ने भनि घोषणा गरेमा सरकारले आवासको ब्यवस्था गर्नुपर्नेछ । तर झुटो विवरण पेश गरे दुई वर्ष सम्म कैद सजाय हुने ब्यवस्था छ । ‘आवास सुविधा प्राप्त गर्ने व्यक्ति तथा परिवारले सुविधा प्राप्त गर्नु अघि देशको कुनैपनि भूभागमा आफ्नो र आफ्नो परिवारका नाममा जग्गा, आवास वा दुवै नभएको हुनुपर्ने छ । साथै आफ्नो र परिवारले आम्दानी गरेर पनि बनाउन नसक्ने अवस्था भएको हुनुपर्नेछ ।

तर बाढी पहिरो लगायतका विपत्तीवाट विस्थापित भएकाहरुको हकमा भने ब्यवस्था अलि खुकुलो छ । अन्यत्र जग्गा भए पनि सो जग्गा बस्न योग्य नभए र अर्काघर बनाउन सक्ने स्थिति पनि नभए सरकारले आवास उपलब्ध गराउनेछ । त्यस्ता परिवारलाई सरकारले पुनर्वासको ब्यवस्था गर्नुपर्नेछ । तर विस्थापित ब्यक्ति कमाउन सक्ने छ भने त्यस्ताको लागि भने सहुलियत दिने अथवा आँसिक अनुदानको ब्यवस्था सरकारले गर्ने उल्लेख छ । पुनर्वास गराउँदा सरकारले सम्भव भएसम्म सामाजिक, सांस्कृतिक पक्ष तथा जीविकोपार्जनको विषयलाई समेत ध्यान दिनुपर्ने उल्लेख छ ।

सरकारले उपलब्ध गराएको आवास सरकारको स्वीकृति बिना बेचविखन गर्न, बैकमा धितो राख्न र भाडामा लगाउन पनि पाइने छैन । तर अंशवण्डा गर्न वा परिवारको सदस्यको नाममा नामसारी गर्न भने मिल्नेछ । सरकारको अनुमति बिना धितोमा राख्ने, बेच्ने वा भाडामा लगाउने गरेको पाइएमा सजायको भागीदार हुनुपर्नेछ । यसो गरेमा तीन वर्षसम्म कैद, दश लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान विधेयकमा छ । सरकारले उपलब्ध गराएको आवासमा अन्य प्रयोजनका काम गर्न समेत पाइने छैन ।

झुटो विवरण पेश गर्ने र सिफारीस गर्ने सबैलाई कारवाहीको ब्यवस्था उल्लेख छ । सिफारीस गर्ने ब्यक्ति सरकारी कर्मचारी भए उसलाई विभागीय कारवाही समेत हुनेछ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...