Sunday 12th April 2026

अोली सरकारको ५ महिने उपलब्धि सार्वजनिक


तितोपाटी – नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पाँच महिने कार्यकालमा भएका कामकारवाही हिँजो सार्वजनिक गरेको छ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम लगायतका उपलब्धि उल्लेख गरिएको छ ।

त्यसैगरी विकास निर्माणको ढिलासुस्त हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता लगायतका उपलब्धि पनि सरकारले उल्लेख गरेको छ ।

“यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरि देशभर एकैसाथ रुट परमिट खुला गरिएको छ,” वर्तमान सरकारका पाँच महिना शीर्षकमा प्रकाशित पुस्तकमा भनिएको छ,“यातायात व्यवस्था विभाग र मातहतका कार्यालयहरुबाट समेत सेवाको पञ्जिकरण गर्ने कार्य भैरहेको छ ।”
त्यसैगरी सुन तस्करीमाथि थालिएको कारवाहीबाट संगठित अपराधको सञ्जाल भत्काउने कार्यमा सफलता मिलेको उल्लेख गरेको छ ।
यस्ता छन् सरकारका उपलब्धिः

https://drive.google.com/file/d/1PUgonI10CNR3HI3fLwGjF3o8lBJDwfzy/view

 


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...