Monday 12th January 2026

विराटनगर महानगरपालिका भित्र बम विष्फोट


तितोपाटी – विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ ।

बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्की लगायत केही वडा अध्यक्षहरु उपस्थित थिए।

अहिले प्रहरीले महानगरपालिकाभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन। बिस्फोटनबाट कार्यालयका झ्यालका सिसाहरु फुटेका छन्।

मोरङ प्रहरीका प्रमुख एसपी मनोज केसीले संलग्न केहीलाई नियन्त्रणमा लिएकाे बताउँदै उनले तत्काल नाम सार्वजनिक नगर्ने जनाएका छन् । एसपी केसीका अनुसार महानगरपालिकामा कुकुर बम विस्फोट नभएको प्रष्ट्याएका छन् ।

महानगरपालिकाको सिसीटिभी फुटेज हेरेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केसीले बताए ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...