Tuesday 17th March 2026

‘अोस्कार अवार्ड’ मा नयाँ विधा थप


तितोपाटी – विश्व प्रतिष्ठित फिल्म अवार्ड ‘अस्कर’मा यस वर्षदेखि नयाँ विधा थपिने भएको छ। कलात्मक फिल्मले मात्र अवार्ड उचालिरहने आरोप खेपेको आयोजकले यस वर्षदेखि दर्शकले रुचाएका चर्चित फिल्मलाई पनि चर्चित फिल्मको मनोनयनमा राख्ने निर्णय पारित गरेका छन्।

अवार्ड आयोजक अस्कर एकेडेमीको मंगलबार बसेको बोर्ड बैठकले मुख्य तीन कुरामा परिवर्तन गर्ने निर्णय लिएको गरेको छ। बोर्डले समीक्षकमाझ कम तर दर्शकबाट बढी लोकप्रिय फिल्मले पनि अस्कर अवार्ड जित्ने सम्भावना रहेको भन्दै त्यस्ता फिल्मलाई पनि मनोनयनको बाटो खुला गरेको हो।

यो निर्णयले दर्शकले रुचाएको सुपरहिरो फिल्म ‘ब्ल्याक पेन्थर’ले पनि उत्कृष्ट फिल्मको अवार्ड पाउने सम्भावना बढेको छ। आगामी फेब्रुअरीमा हुने अस्कार अवार्ड वितरण समारोहमा दर्शकले यो नयाँ परिवर्तन हेर्न पाउनेछन्। एकेडेमीले आफ्ना सदस्यलाई एक सन्देश पठाउँदै नयाँ विधाको लागि आवश्यक योग्यता र अन्य आधारभूत व्याख्याका आधारमा अगाडि बढने जनाएको छ।

अघिल्ला वर्षहरूमा बक्स अफिसमा उत्कृष्ट व्यापार गरेका फिल्महरु ‘मामा मिया’, ‘अवतार’ र ‘मिसन इम्पोसिबल’को फ्रेञ्चाइजीलाई अस्करले प्रतिस्पर्धाका लागि अस्वीकृत गरेको थियो।

बोर्डले सन् २०२० को अस्कर वितरण कार्यक्रम पनि छोट्याउने निर्णय गरेको छ। अघिल्लो वर्ष अवार्ड वितरण ४ घन्टा चलेको र यसले टेलिभिजनको टिआरपी घटाएको भन्दै बोर्डले अघिल्लो संस्करण तीन घन्टामा सीमित गर्ने जनाएको छ । सन् २०२० को फ्रेब्रुअरीमा वितरण हुने अवार्ड २४ विधामा वितरण गरिनेछ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...