Monday 30th March 2026

कुवेतमा नयाँ संस्था”प्रवासी इलामेली समाज कुवेत”को गठन


तितोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु एकतृत हुँदै नेपालीहरुकै सेवाका लागि र सामाजिक हातेमालोमा लाग्ने प्रणका साथ खुलेका करिब ७० वटा नेपाली संघ्-संस्थाहरुसंग हातेमालो गर्दै ईलाम घर भई कुवेतमा रहेका ईलामेलीहरुलाई समेटेर”प्रवासी इलामेली समाज कुवेत”को स्थापना भएको छ।हिजो अगस्ट १०, शुक्रबार कुवेतको फर्वानिया पार्कमा बसेको ईलामेलीहरुको भेलाले “प्रवासी इलामेली समाज कुवेत”को गठन गरेको हो।

हिजो भएको भेलाले सर्बसहमतीमा “प्रवासी इलामेली समाज कुवेत”का लागि निम्न पधाधिकारीहरु चयन गरेको छ।

सल्लाहकारहरु:गोपाल गदाइली,रोशन राई
अध्यक्ष: चक्र कुलुङ राई
उपाध्यक्ष: वसन्त साँवा लिम्बू
सचिव: मनकुमार तामाङ
सहसचिव: मनप्रकाश लिम्बू
कोषाध्यक्ष: किरण तिरुवा
सहकोषाध्यक्ष: किशोर खाती
युवा संयोजक: निमा गुरुङ
महिला प्रमुख: झुमा मगर
खेल प्रमुख: बुद्धिमान राइ
सदस्यहरुमा चित्र राइ, बुद्ध साम्बाहम्फे, आशबिर राई, घनेन्द्र राई, कुमार गुरुङ, डम्बर राई, दिनेश धमला, टेक साम्पाङ, हेमराज धिमाल, प्रविण राई र तुलसादेवी चौहान रहेका छन।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...