Sunday 11th January 2026

कविताः खोला तरकै हाैं लठ्ठी बिर्सिएकै हौं


खोला तरेकै हौं लठ्ठी बिर्सिएक‌ै हौं
जनयुद्ध लडेकै हौ गणतन्त्र ल्याएकै हौं
शहिदका सपना साकार नभए र पो के भो
सर्बहाराका हामी नेताहरु सिंहदरबार छिरेकै हौं
नमस्कार गर्दै गर्दै पाँच पाँच हजार
हात हातमा दिन्छौ भनेकै हौं
नमस्कार फर्काउने फुर्सद छैन
पाँच वर्ष पछि भेटौला भनेकै हौं
बिर्सियौ चटक्कै ती जनयुद्धका अपांगहरु
बिर्सियौ ती घाइते अनि बेपत्ताहरु
बिर्सियौ ती खोलानाला
बिर्सियौं ती पाखापखेरीहरु
कसैले सोध्छन् रुकुम ,रोल्पा,
कसैले सोध्छन् बझाङ ,बाजुरा ,कर्णाली
बिर्सियौं हामीले मधेसी हिमाली अनि पहाडी
हो खोला तरेकै हौ लठ्ठी बिर्सिएकै हौ ।

माधब पाैडेल ‘असल यात्री’


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...