Monday 5th October 2026

झापामा ११ वर्षीया बालिकालार्इ ७० वर्षे वृद्धद्वारा बलात्कार


तितोपाटी – झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७० वर्षीय वृद्ध मानबहादुर बानियाँ ११ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा पक्राउ परेका हुन् ।

कार्यालयका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार दिउँसो करिब ३/४ बजेको घटना केही ढिला गरी प्रहरीमा जानकारी गरिए पनि साँझ ७ बजे वृद्धलाई पक्राउ गरिएको छ ।

स्थानीयका अनुसार पीडित बालिकाकी हजुरआमाले देखेपछि वृद्ध फरार भएका थिए । साँझ स्थानीयको सहयोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित बालिका र पीडक वृद्धलाई स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल, भद्रपुर पठाइएको डिएसपी कोइरालाले  बताए ।

उनका अनुसार पक्राउ परेका बानियाँमाथि स्वास्थ्य परीक्षणपछि जबरजस्तीकरणी अन्तरगत मुद्दा चलाउने तयारी गरिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...