Friday 3rd May 2024

अहिलेको जमाना फेसबुक, ट्वीटर हुँदै इन्टाग्रामको


तितोपाटी – इन्स्टाग्राम अहिले ग्ल्यामर संसारको सर्वाधिक ठूलो सञ्जाल बनेको छ । कुनै समय यो रवाफ फेसबुकसँग थियो भने त्यसपछि ट्विटर हुँदै अहिले इन्स्टाग्राममा गएर अडिएको छ । अहिले ग्ल्यामरको क्षेत्रमा लागेका तथा आफूलाई ग्ल्यामरको संसारमा स्थापित गर्न चाहने जो–कोहीको पहिलो रोजाइ इन्स्टाग्राम हुने गरेको छ । इन्स्टाग्रामको यही क्रेजका कारण ग्ल्यामर संसारका धेरै सेलिब्रेटी तथा इन्स्टाग्रामबाटै सेलिब्रेटी बनेकाहरूले मनग्य आम्दानीसमेत गर्न थालेका छन् । सेलिब्रेटी र इन्स्टाग्राम सेलिब्रेटीहरूले इन्स्टाग्राममा एउटा पोस्टबापत कति कमाउँछन् भन्ने विषयमा होपर एचक्युले नियमित निगरानी राख्दै आएको छ ।

सन् २०१८ मा इन्स्टाग्राममा पोस्ट गरेर सर्वाधिक आम्दानी गर्ने इन्स्टाग्राम सेलिब्रेटीहरूको सूचीमा युट्युबर एवं ब्युटी ब्लगर जोएला चौथो स्थानबाट एकै पटक दोस्रो स्थानमा उक्लिएकी छिन् । हालसालै ४ लाख फलोअर्स गुमाए पनि जोएलासँग रहेका १ करोड ७ लाख कोर फलोअर्सले नै उनलाई उक्त स्थानमा पुर्‍याएका हुन् । अर्की मेकअप आर्टिस्ट एवं ब्यूटी ब्लगर हुडा कटनभन्दा पछि रहे पनि जोएलाले इन्स्टाग्रामबाट ३३ करोड रुपैयाँ आम्दानी गरिसकेकी छिन् । अहिले उनी कुनै प्रायोजित तस्बिर पोस्ट गर्नुपरे प्रतिपोस्ट १७ लाख ६० हजार रुपैयाँ लिन्छिन् ।

बेलायतकी जोएलालाई पछि पारेकी अमेरिकन हुडाले इन्स्टाग्रामबाट ४ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेकी छिन् । उनी इन्स्टाग्राममा कुनै कुरा पोस्ट गर्नुपरे ३६ लाख ३० हजार रुपैयाँ लिन्छिन् । किनभने उनको इन्स्टाग्राममा २ करोड ६० लाख फलोअर्स छन् ।

अहिले इन्स्टाग्राममा विभिन्न टिप्स दिएर फलोअर्स बढाई इन्स्टाग्राम सेलिब्रेटी बन्ने चलनमा निकै वृद्धि भएको छ, जसमा ब्युटी, फेसन, फिटनेस, फुड, लाइफस्टाइल, स्पोर्ट्स तथा ट्राभलजस्ता विषय लोकप्रिय छन् । निश्चित एउटा विषयका आकर्षक तस्बिर पोस्ट गरेर आफ्नो प्रभाव बढाउँदै लगेका प्रयोगकर्ताहरूकालाई अहिले इन्स्टाग्राम नै करोडौं रुपैयाँ कमाउने प्लेटफर्म भएको छ ।

इन्स्टाग्राम आफूलाई सेलिब्रेटी आम्दानी समेत गर्ने कमाउने प्लेटफर्म सावित हुँदै गएपछि होपर एचक्युले गत वर्षदेखि कसले कति पैसा लिएर पोस्ट गर्छन् र वार्षिक रूपमा कति आम्दानी गरे भन्ने विषयमा सोधखोज गर्न थालेको हो ।

नेदरल्यान्डबाट ब्युटीको ट्युटोरियल इन्स्टाग्राममा पोस्ट गर्दै आएकी निक्की आम्दानीका हिसाबले तेस्रो नम्बरमा छिन् । १ करोड ६ लाख फलोअर्स भएकी निक्कीले इन्स्टाग्राममा एउटा पोस्ट गरेको १७ लाख ३२ हजार रुपैयाँ लिने गरेकी छिन् ।

इन्स्टाग्राममा सेलिब्रेटीहरूको आम्दानी पनि मनग्य हुने गरेको छ । इन्स्टाग्राममा पोस्ट गरेर सर्वाधिक आम्दानी गर्नेमा अमेरिकी रियालिटी शोकी प्रस्तोता केली जेनर अग्रपंक्तिमा छिन् । इन्स्टाग्राममा ११ करोड फलोअर्स भएकी केलीले अहिलेसम्म ५ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरिसकेकी छिन् । उनी अहिले एउटा तस्बिर पोस्ट गरेको ११ करोड रुपैयाँ शुल्क लिन्छिन् ।

केलीपछि सर्वाधिक शुल्क लिएर इन्स्टाग्राममा पोस्ट गर्नेमा अभिनेत्री एवं गायिका सलिना गोमेज छिन् । १३ करोड ९० लाख फलोअर्स भएकी गोमेजले एउटा पोस्टको ८ करोड ८० लाख रुपैयाँ लिन्छिन् । तेस्रो नम्बरमा भने फुटबलर क्रिस्टियानो रोनाल्डो छन् । १३ करोड ७० लाख फलोअर्स भएका रोनाल्डोले प्रतिपोस्ट ८ करोड २५ लाख रुपैयाँ शुल्क लिने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...