Tuesday 30th April 2024

अाफुलार्इ ‘धोतिनी’ भन्दा दुःख लाग्छ – नव नायिका सिवानी गिरी


तितोपाटी – साउन २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कहि कतै’की नव–नायिका सिवानी गिरीले आफूहरु नयाँ कलाकार भएपनि राम्रो काम गरेको बताएकी छिन् ।  सिवानीले आफूलाई ‘धोतिनी’ भन्दै कमेन्ट गरिएकोमा दुःख व्यक्त गरिन् । उनले भनिन्–‘म सिक्किममा जन्मिए पनि नेपाली नै हुँ । हामी नेपाली भाषा नै बोल्छौ । मलाई ‘धोतिनी’ भन्दा दुःख लाग्छ ।’

सिवानीले आफ्नो करिअर चलचित्रमा मात्र लगाउने भनेर नसोचेको बताएकी छिन् । उनले, मोडलिङ, गायन, कलाकारिताको रुपमा अगाडि बढाउने योजना रहेको बताइन् । केही भारतीय व्युटी प्रिजेन्ट समेत गरेर प्रतियोगिता जित्न सफल भएकी सिवानीको पहिरन र फेसन सेन्सको यतिबेला नेपाली चलचित्र क्षेत्रमा चर्चा परिचर्चा हुन थालेको छ ।

उनले, चलचित्रलाई पारिवारिक कथामा निर्माण भएको बताइन् । आफू चलचित्रमा इनोसेन्ट भूमिका रहेको उनले बताइन् । सिवानी सार्वजनिक कार्यक्रममा बोल्ड भएर पुग्ने गरेकी छिन् । सिवानी ठाउँ अनुसार पहिरन लगाउनुपर्ने बताउँछिन् । नायिका भएपछि सबैले पहिरनको याद गर्ने भएकाले पनि ठाउँ अनुसार पहिरन लगाउने गरेको उनले बताइन् ।

उनले भनिन्–‘म बोल्ड नै छु । म चलचित्र क्षेत्रमा आएपछि मात्र बोल्ड भएकी होइनँ । जुन ठाउँमा देखाउनुपर्छ त्यहाँ पुग्दा कुनै फरक पर्दैन । अंगप्रदर्शन गर्नु मात्र बोल्ड हुनु होइन ।’सिवानीले २ वटा स्टेज कार्यक्रममा नृत्य गर्दा आफूलाई अप्ठ्यारो परेको र त्यो जानीजानी नगरेको सुनाइन् । केही समय अगाडि आयोजना भएको एक अवार्ड समारोहमा सिवानीको नाच्दा नाच्दै भित्री बस्त्र फुस्किएको रहेछ । यस्तो समयमा आफूलाई अप्ठ्यारो परेको उनले बताइन् ।
सिवानीले आफू नयाँ कलाकार भएकाले चलचित्र हेरिदिन सबैसँग आग्रह गरिन् ।


सम्बन्धित शीर्षकहरु

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको…

एजेन्सी- ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ। हमास नेता याह्या सिनवारका अनुसार…

प्रतिकृयाहरू
...