Saturday 3rd October 2026

अाफुलार्इ ‘धोतिनी’ भन्दा दुःख लाग्छ – नव नायिका सिवानी गिरी


तितोपाटी – साउन २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कहि कतै’की नव–नायिका सिवानी गिरीले आफूहरु नयाँ कलाकार भएपनि राम्रो काम गरेको बताएकी छिन् ।  सिवानीले आफूलाई ‘धोतिनी’ भन्दै कमेन्ट गरिएकोमा दुःख व्यक्त गरिन् । उनले भनिन्–‘म सिक्किममा जन्मिए पनि नेपाली नै हुँ । हामी नेपाली भाषा नै बोल्छौ । मलाई ‘धोतिनी’ भन्दा दुःख लाग्छ ।’

सिवानीले आफ्नो करिअर चलचित्रमा मात्र लगाउने भनेर नसोचेको बताएकी छिन् । उनले, मोडलिङ, गायन, कलाकारिताको रुपमा अगाडि बढाउने योजना रहेको बताइन् । केही भारतीय व्युटी प्रिजेन्ट समेत गरेर प्रतियोगिता जित्न सफल भएकी सिवानीको पहिरन र फेसन सेन्सको यतिबेला नेपाली चलचित्र क्षेत्रमा चर्चा परिचर्चा हुन थालेको छ ।

उनले, चलचित्रलाई पारिवारिक कथामा निर्माण भएको बताइन् । आफू चलचित्रमा इनोसेन्ट भूमिका रहेको उनले बताइन् । सिवानी सार्वजनिक कार्यक्रममा बोल्ड भएर पुग्ने गरेकी छिन् । सिवानी ठाउँ अनुसार पहिरन लगाउनुपर्ने बताउँछिन् । नायिका भएपछि सबैले पहिरनको याद गर्ने भएकाले पनि ठाउँ अनुसार पहिरन लगाउने गरेको उनले बताइन् ।

उनले भनिन्–‘म बोल्ड नै छु । म चलचित्र क्षेत्रमा आएपछि मात्र बोल्ड भएकी होइनँ । जुन ठाउँमा देखाउनुपर्छ त्यहाँ पुग्दा कुनै फरक पर्दैन । अंगप्रदर्शन गर्नु मात्र बोल्ड हुनु होइन ।’सिवानीले २ वटा स्टेज कार्यक्रममा नृत्य गर्दा आफूलाई अप्ठ्यारो परेको र त्यो जानीजानी नगरेको सुनाइन् । केही समय अगाडि आयोजना भएको एक अवार्ड समारोहमा सिवानीको नाच्दा नाच्दै भित्री बस्त्र फुस्किएको रहेछ । यस्तो समयमा आफूलाई अप्ठ्यारो परेको उनले बताइन् ।
सिवानीले आफू नयाँ कलाकार भएकाले चलचित्र हेरिदिन सबैसँग आग्रह गरिन् ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...