Tuesday 5th August 2025

जयनगर-जनकपुर रेलमार्गमा परिक्षण रेल गुड्यो


तितोपाटी – जयनगर-जनकपुर रेलमार्गमा परीक्षणका रुपमा रेल गुडाउन सुरु गरिएको छ। रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेजले रेलमार्ग निर्माणकाे काम सक्नै लाग्दा परीक्षणका रुपमा रेल सञ्चालन सुरु गरिएकाे हाे ।

जयनगरदेखि-खजुरीसम्मकाे करिव ९ किलोमिटर रेलमार्ग खण्डमा बुधबार परीक्षणका लागि रेल गुडाएकाे रेल विभागले जानकारी दिएकाे छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले आज (बिहीबार) थप १० किमी खण्डमा रेल गुडाएर परीक्षण थाल्ने जानकारी दिए । हाल पहिलाे चरणकाे परीक्षण सञ्चालन मात्रै भइरहेकाे जनाउँदै उनले सबै खण्डको परीक्षण गरिसकेर चाँडै नै नियमित रुपमा रेल सञ्चालन गर्ने बताए ।

पूर्ण रुपमा रेल सञ्चालन हुन भने अझै चारपाँच महिना लाग्ने देखिएकाे छ । जनकपुर-जयनगर रेलमार्गकाे लम्बाइ ३५ किलोमिटर रहेकाे छ । यही सालकाे पुस महिनाबाट यस मार्गमा पूर्ण रुपमा रेल सञ्चालन गर्ने रेल विभागको तयारी रहेकाे छ।

नियमित रेल गुडाउनका नेपालमा चालक नरहेकाे भन्दै भारतबाट चालक र ब्राेडगेज रेल भाडामा लिएर सञ्चालन गर्ने रेल विभागकाे तयारी छ । जनकपुर-जयनगर निर्माणाधीन रेलमार्ग ब्रोडगेज प्रविधिकाे हाे, जुन भारतमा चल्तीमा रहेकाे छ । भारतकै १० अर्ब रुपैयाँ सहयोगमा यस रेलमार्गकाे निर्मांण सुरु भएकाे थियाे ।

पुरानै रेलमार्गमा नयाँ लिक बिछ्याएर रेलमार्ग तयार गरिँदै छ । यसमा १० वटा डब्बा तान्ने इन्जिन सहितको रेल लिजमा लिन लागिएको विभागले जनाएको छ। सन् २०१४ बाट याे रेलमार्ग विस्तारकाे काम सुरु भएको थियो, जसका कारण विगत ४ वर्षयता जनकपुर-जयनगर रेल सेवा बन्द छ ।


सम्बन्धित शीर्षकहरु

मनिला: भारतीय नौसेना युद्धपोतहरूले पहिलो पटक आफ्ना फिलिपिनी समकक्षीहरूसँग विवादित दक्षिण चीन सागरका क्षेत्रहरूमा गस्ती सुरु गरेको मनिलाको सेनाले सोमबार…

चीनले ६ महिनासम्म अवतरण नगरी उड्न सक्ने सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण गर्‍यो सिनजियाङको मरुभूमिमा, चीनले उच्च-उचाइको सौर्य ड्रोनको वास्तविक-विश्व…

नेपाली जनताले बहुदलको शासन व्यवस्था अंगालेको ३६ वर्ष भइसक्यो । यो अवधिमा देशको बागडोर तीन प्रमुख दल — नेपाली कांग्रेस,…

प्रतिकृयाहरू
...