Sunday 22nd March 2026

अाज विश्व अादीवासी जनजाती दिवस


तितोपाटी – आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम अायाेजना गरी याे दिवस मनाइँदै छ । आदिवासी जनजातिहरुकाेको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन याे याे दिवस मनाउने गरिन्छ ।

विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै अाएकाे छ । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन (सन् १९८२ को अगस्ट ९) को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।

पछिल्लाे समय जलवायुमा भएको परिवर्तन तथा राजनीतिक कारण अनि राम्रो भविष्यको खोजीमा आदिवासी जनजातिहरु आफ्नो थातथलो छोडेर बसाईँ सर्ने क्रम बढेको विषयलार्इ नै यसपटककाे दिवसमा मुख्य नारा बनाइएकाे छ ।

नेपालकाे संविधानले आदिवासी जनजाति तथा सीमान्तकृत वर्गको राजनीतिक तथा प्रतिनिधित्वसहितका अधिकार सुनिश्चित गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...