Monday 5th October 2026

महोत्तरीमा बालविवाह पछि चरम यातना भोगेकी किशोरीको प्रहरीद्वारा उद्दार


तितोपाटी – महोत्तरी मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँका रञ्जीत ठाकुरले बालविवाह गरी यातना दिँदै आएका एक किशोरीलाई जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ ।

ठाकुरले गत असार ११ गते जिल्लाकै जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट करिब १५ वर्षीया किशोरीसँग भारतमा गएर दोश्रो विवाह गरेको थियो ।

विवाहपछि ठाकुरले उनलाई कुटपिट, अश्लील गालीगोलौजलगायत यातना दिँदै आएको थियो । मंगलबार पुनः चरम यातना दिएपछि उनले पतिकोे घर छोडी भागेको थियो ।

पतिको चरम यातना सहन नसकेर घर छोडी भागेकी किशोरीलाई प्रहरीले उनकै छिमेकबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

उनीसँग सोधपुछ र आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

घटनापश्चात् ठाकुर घरबाट भारततर्फ फरार भएको छ । प्रहरीले ठाकुरको व्यापक खोजतलास गरिरहेको र उनीमाथि बालविवाहको मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

यसअघि पनि रञ्जीतले भारतमा विवाह गरेको एक युवती (पहिलो पत्नी) लाई चरम यातना दिएपछि उनी घर छाडेर हिँडेको र उनको हालसम्म कुनै अत्तोपत्तो नरहेको स्थानीवासीको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...