Thursday 5th March 2026

छाडातन्त्र अन्त्यका लागि सर्वसत्तावाद अावश्यक


बालकृष्ण घिमिरे, बनेपा काभ्रे – यो देशमा लोकतन्त्र , प्रजातन्त्र र गणतन्त्रको नाममा मौलाउदै गएको छाडातन्त्रको अन्त्यका लागि ताजा जनादेश प्राप्त यो सरकारले हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका निभाउनुको विकल्प छैन । व्यवस्थापिका , कार्यपालिका र न्यायपालिका भित्रै मौलाएको छाडातन्त्र अन्त्यका लागि दुईतिहाईको दम्भ देखाउनुको बिकल्प छैन ।
त्यसैले भष्टाचारी र तस्करीका नाईकेहरुले दुई तिहाईको दम्भ देखाउदै सरकार सर्वसत्तावादी भयो भन्दै गर्दा पुस्तौ देखी छाडातन्त्रमा रमाउदै राष्ट्रलाई चुस्ने धमिराहरुलाई निर्मुल पार्न र सु-शासन कायम गर्न जस्तो सुकै कठोर परिस्थितीको पनि डटेर सामना गर्दै जनताले दिएको दुईतिहाई मतको सम्मान गर्नै पर्छ । जनताले मत राष्ट जोगाउन दिएका हुन । नकी राष्ट्रघातीहरुको पछीपछी लाग्न र उनीहरुकै विगतलाई पछ्याउन् दिएका हुन । आफु सत्ताबाट बाहिरिने निश्चित भएपछी राष्ट्रिय ढुकुटीको ब्रम्हलुट गर्दै ढुकुटी रित्याउनेहरुका लागि यो सरकार सर्वसत्तावादी हुनै पर्दछ ।बिगतमा सत्ताको आडमा चेलीवेटी बेच्दै मानव तस्कर गर्ने र सत्ताकै आडमा न्यायपालिका खरिद गर्दै कानुनी राज्यलाई खिल्ली उडाउनेहरुका लागि पनि यो सरकार सर्वसत्तावादी हुनै पर्छ ।

बिगत लामो समय देखी बिधिको शासनको अन्त्य गर्दै राजनीतिक पार्टिको मुख्यालयको जस्तो व्यवहार गर्दै आएको न्यायालय माथिको हस्तक्षेप पनि सर्वसत्तावादी रुपमै हुनै पर्छ र त्यसपछी मात्रै न्यायमुर्ती भनिएकाहरुको चेतना खुल्छ र उनीहरुले दिने न्याय वास्तविक पीडितको पक्षमा र स्वतन्त्र हुन्छ ।

हिजो पहिलो कम्यूनिष्ट सरकारले जनप्रिय र लोक कल्याणकारी काम सुरु गर्दा आत्तिएकाहरु आज त्यसै गरी सरकार गठन भएको चार महिनामा नै अतालिन पुगेका छन । हैन भने कम्तिमा एक वर्ष किन कुर्न सक्दैनन् ? किन यो देशका बहु-संख्यक जनताले तिरस्कार गर्दा पनि लोकतन्त्र ,प्रजातन्त्र र गणतन्त्रको ठेक्का आफुलाई मात्रै परेको रटान रट्दै छन् ?

उनीहरुसँग साठगाठ गर्नेहरु मध्येका प्रमुख सिण्डिकेटधारी यातायात ब्यवसायी , स्वास्थ उपचारको नाममा सकृय मेडिकल माफिया र मानव तस्कर रुपी म्यानपावर व्यवसायीहरुको पछिल्लो गतिविधिले थुतुनो जोडीएको पुश्ट्याई गर्दैन र ?

“ हो, यो सरकारले जनताको ढाड भाच्नेगरी हरेक क्षेत्रमा कर बढायो, बढायो मात्रै हैन साना ठुला सबैलाई करको दायरामा कस्न खोज्यो । त्यसको प्रमुख दोषी को ? बाउले मर्ने बेलामा भएको श्रीसम्पती दुनियाँलाई बाड्दिए, हिजो आफ्नो वरिपरि घुम्ने नन्दीभृगीहरुलाई लौ मोज गर, अब मेरो मर्ने समय आउन लागो भन्दै हिजो गरेको कु-कृत्यको गुन तिर्न सम्पत्ति सक्दिए । अब छोराले के गरोस् । दुनिया कहाँ पुगी सक्यो ? सम्पत्ति कसरी जोड्ने, कसरी छिमेकी सरह हुँदै बालबच्चा बढाउने, पढाउने र हुर्काउने ? यसको चिन्तामा आम्दानीका स्रोत खोज्दा आज केही समयका लागि जनता पीडित बनेका छन । दुई चार वर्ष पीडित बनेर पुस्तौ पुस्ता सु:खी हुईन्छ भने सहनुको विकल्प छैन ।

हरेक क्षेत्रमा देखिएको करछली , चुहावाट , तस्करी र भष्टाचारको अन्त्य गर्छु भन्दा तिनै माफियाहरुलाई बोक्दै आन्दोलनको ध्वाँस दिनु कत्तिको जायज होला ? के सचेत नेपाली जनता अझैं त्यो नौटङ्की नबुझ्ने अवस्थामै होलान ?

त्यसैले नेपाल सरकारले तत्काल तीन काम गर्नु पर्दछ ।
१, मेडिकल माफियाको समाप्तिका लागी सम्पूर्ण निजी मेडिकल कलेजहरु सरकारीकरण गर्दै यसमा देखिएको चरम सिण्डिकेटको अन्त्य गर्नुपर्छ ।
२, मानबतस्करी समाप्त पार्न वैदेशिक रोजगारिका नाममा ब्रम्हलुट मच्चाउँदै आएका सम्पूर्ण म्यानपावरहरु सरकारीकरण गरेर सिधै सरकारले सम्बन्धित मुलुकहरुमा कामदार पठाउने व्यवस्था मिलाउनु पर्दछ ।
३, सम्पूर्ण क्षेत्रको भष्टाचार र बिकृति अन्त्यका लागि दुई तिहाईको दम्भ देखाउदै संबिधान सम्सोधन गरेर कठोर कानुन निर्माण गर्नुपर्दछ ।

कम्तिमा आफ्ना सन्तति भनेकै जनता हुन भन्ने भावना बोकेका हालका प्रधानमन्त्री ओलीले भष्टाचार र बिकृति अन्त्यका लागि आफ्नै पार्टिभित्र रहेका केही भष्टाचारी र तस्करीहरुलाई कानुनी कठघरामा कोच्ने हिम्मत राख्नु पर्दछ | त्यसैले बिकृतिको रुपमा मौलाउदै गएको छाडातन्त्र अन्त्यका लागी परी आए सर्वसत्तावादी हुनै पर्दछ |


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...