Saturday 11th April 2026

कविता नेपाली बनिन बुगीवुगी को ‘डान्सिङ सुपरस्टार’


तितोपाटी – एपी वान टेलिभिजनबाट प्रशारित डान्सिङ रियालिटी शो ‘बुगी वुगी’ को उपाधि सर्लाहीकी कविता नेपालीले जितेकी छन् । तीन अन्तिम प्रतिस्पर्धीमाझ शनिबार बेलुकी भएको ग्रान्ड फिनालेमा दर्शकको भोटका आधारमा उनी विजेता बनेकी हुन् ।

१८ बर्षिया कविताले २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतिस्पर्धामा प्रगति पुनले फर्स्ट रनरअप बन्दै ६ लाख जितिन् भने सरोज मोक्ताले सेकेन्ड रनरअप बनेर ४ लाख जितेका छन् ।

प्रख्यात अन्तराष्ट्रिय फ्रेन्चाइज ‘बुगी वुगी’ पहिलोपटक एपी वानले नेपालमा भित्र्याएको हो । भारतको सोनी टेलिभिजनसँगको सहकार्यमा एपी वानले नेपालमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज शोहरु आयोजना गरिरहेको छ ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट तीन हजार डान्सर सहभागी भएका थिए । उनीहरुमध्ये एक सय ५० जनालाई दोस्रो राउन्डका लागि काटमाडौं बोलाइएको थियो । दोस्रो राउन्डबाट १८ जना प्रतियोगी छानिएका थिए ।

करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा नृत्य निर्देशक कविराज गहतराज, नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्की थिए । बुद्धनगरस्थित एपी वान टेलिभिजनको स्टुडियोमा आयोजित ग्राान्ड फिनालेमा कविराज र प्रियंकाले पनि निृत्य प्रस्तुत गरेका थिए ।

त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन्।

अनिताको परिचय

सानैदेखि नृत्यमा सौख भएकी कविता नेपाली हाल ललितपुरको पाटनमा बस्छिन् उनी शान्ति विद्याश्रम ललितपुरमा कक्षा ११ मा अध्ययन गर्दैछिन् ।

ज्यामी काम गरेर परिवारले कवितालाई पठाएका हुन् । कविता उस्सुको राष्ट्रिय खेलाडी समेत थिइन् । सन २०१४ को एसियन गेम्समा जाने बेला चोट लागेपछि उनले उस्सु छोडेकी थिइन् । उनले ६ वर्ष उस्सु खेलिन् । कविता पढाईमा पनि अब्बल छिन् ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...