Monday 5th October 2026

पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु


तितोपाटी – पाल्पाको रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्मामा शनिवार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तानसेन १० गणशालका २५ वर्षीय विवेक पौडेल र ३६ वर्षीय चालक टंक चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक अमृत भण्डारीले बताए ।

शनिबार दिउँसो देउरालीबाट तानसेन तर्फ जादै गरेको जीप शनिबार साँझ ६ बजे दुर्घटना भएको थियो । दुर्घटना राती भएकोले उद्दारमा समस्या भएपछि आज बिहानैदेखी नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले स्थानीयको सहयोगमा शव निकालेका छन् ।

जीप सडक भन्दा झण्डै एक सय मिटर तल खसेको थियो । विद्युत सम्बन्धी कामका लागि तानसेनबाट गएको जिप कच्ची सडक र लगातारको बर्षातका कारण चिप्लो भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...