Saturday 11th April 2026

जाजरकोट पहिरो अपडेटः ९ जनाको शब भेट्टियो, उद्दार कार्य जारी


तितोपाटी – जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये नाै जनाको शव फेला परेको छ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बाेहराकाे पनि पहिराेमा पुरिएर मृत्यु भएकाे छ। यस्तै मृत्यु हुनेमा २५ वर्षीया तिर्सना सितला लुहार, उनकी छाेरी ९ वर्षीया भगवति बिक, ६ वर्षीया रञ्जना बिक र ३ वर्षीया मनिषा बिक रहेका छन्। पहिराेमा परी सितलाका श्रीमान ३१ वर्षीय लालबहादुर लुहारकाे घाइते अवस्थामा उद्दार गरिएकाे छ भने उनकाे जाजरकाेट अस्पतालमा उपचार भइरहेकाे छ।

पहिरो आज विहान सात बजेतिर गएको प्रहरीले जनाएको छ। पहिरोमा परी दुई घर पुरिएका छन्।

स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरएको हो। पहिरोमा पुरिनेमा युबा, महिला र धेरै बालबालिकाहरु रहेको स्थानीय लबकुमार पुनले बताए।

प्रत्यक्ष दर्शी पुनका अनुसार पहिरोले घर भित्र भएका र बाटोमा हिडिरहेका बटुवाहरु पनि पुरिएका छन्।

पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। बर्षा नरोकिएको र अफ्ट्यारो भूभाग भएका कारण उद्दारमा समस्या परेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...