Wednesday 14th January 2026

जाजरकोटमा पहिरोले २ घर पुरिए, ४ को मृत्यु


तितोपाटी – जाजरकोटको भेरी नगरपालिका–३ मा पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भएको छैन ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहका अनुसार एक जनाको जीवितै उद्दार गरिएको छ । लालबहादुर द्वारको सकुशल उद्दार गरिएको उनले बताए ।

उनकी श्रीमति र बच्चाको भने ज्यान गएको उनले बताए । घरमा रहेका बाँकी दुई जनाको पनि मृत्यु भइसकेको उनले बताए ।

‘बाँकी दुई जनाको पनि मृत अवस्थामा शरीर देखेका छौं । शवलाई निकाल्ने काम भइरहेको छ’, डिएसपी सिंहले  भने, ‘अर्को एउटा घर पनि पुरिएको छ । त्यहाँ पनि उद्दार टोली खटिएको छ ।’

हाल उनीहरुको उद्दारका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र सेनाको टोली खटिएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...