Wednesday 8th April 2026

प्रवासबाट गायक शिवाकोटी द्वारा ‘प्यारी छोरी’ बोलको गित सार्वजनिक(भिडियो सहित)


तितोपाटी- युरोप जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागि रातदिन तल्लिन रहने अत्यन्तै लोकप्रिय गायक तुलसी शिवाकोटीले ‘प्यारी छोरी’ नामक गित एल्बम बजारमा ल्याएका छन् ।

छोरीलाई जन्मदिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेका शिवाकोटीले आफ्नो छोररीको लागि मात्र नभएर सम्पूर्ण छोरीहरुको लागि उपहार दिन खोजेका बताए ।

हरेक बाबुआमाको आफ्ना छोराछोरीको उत्तिकै प्यारो लाग्ने गर्दछ । तर धेरैजसो हाम्रो नेपाली समाजको सोचार्इमा भने छोरी भन्दा छोरा नै भइदिए हुन्थ्यो भन्ने गलत सोचार्इले गर्दा छोरीलाई समाजमा हुने गरेको हेलितपनले भने गायक सिवाकोटीले छोरी प्यारी हुन् छोरी सृष्टि हो, छोरी यस संसारको धर्ती मात्र हैन् आँखाको नानी हुन् भनेर छर्लङ्ग पारिदिएका छन् ।

यशु थापाको शब्द र निरज श्रेष्ठको संगीत रहेको यो गीतले सम्पूर्ण दर्शक स्रोताहरुको मन जितेका छन् । थुप्रै किसिमका गीतहरुमा आवाज दिएर सबैको मन जितिसकेका शिवाकोटीले यसपाली छुट्टै किसिमका र पृथक किसिम आवाज दिन पाउँदा मख्ख र खुसी देखिन्छन् ।

गायक शिवाकोटी भन्छन्, ‘ यो समाजले छोरालाई काखा र छोरीलाई पाखा गरेर हेर्ने दृष्टिकोणले गर्दा मेरो मन नै अमिलो भैरहेको बेलामा सम्पूर्ण छोरीहरुको लागि यो गीत पस्कन पाउँदा अत्यन्तै गौरव र भाग्याशाली ठानेको छु ।

युरोपमा रहेको चर्चित प्रोडक्सन हाउस उमारोंन क्रिएसनले बजारमा आफ्नो युट्युब च्यानलबाट गीत रिलिज गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...