Monday 30th March 2026

कोमामा रहेका जंग बहादुरलाई एयर एम्बुलेन्स बाट नेपाल पठाईयो


तितोपाटी डट कम-युएई ,साउन १६। मस्तिष्कमा रक्तसञ्चार बन्द हुदा बिगत एक महिना देखि दुबईको एक अस्पतालमा अचेत अबस्थामा (कोमामा) उपचाररत जंग बहादुर लुङ्गेलीलाइ नेपाल पठाइएको छ।

युएईको दुबई राज्य स्थित फ्राम फ्रेस कम्पनीमा काम गर्दै आएका इलामका ३८ बर्सिए जंग बहादुर लुङ्गेली गत जुन १९ तारीख देखि दुबई अस्पतालको कोमामा उपचाररत थिए ।

काम सकेर सामन्य अबस्थामा कम्पनी होस्टेल फर्किएका लुङ्गेलीलाइ सुरुमा हृदय घात भएको र एम्बुलेन्समा राखी अस्पताल पुर्याउदा बाटोमा नै स्वासप्रस्वास बन्द भएको थियोे। अस्पतालमा डाक्टरले पुन बिधुतिय उपकरणको प्रयोग गरि स्वासप्रस्वास संचालनमा ल्याउन सफल भएपनि झन्डै ३० मिनेट सम्म मस्तिष्कमा रक्तसञ्चार नभए पछी मस्तिष्कनै ड्यामेज भए पछी उनी एक महिना देखि कोमामा रहेका छन्।

अस्पतालमा उपचार गराउदा स्वास्थ्य बिमा बापत पाउने रकम सकिएको र यहाँ उपचार गराउन नसकिने भयपछि लुङ्गेलिलाइ बुधबार ३१ हजार दिराम भाडा तिरेर एयर एम्बुलेन्स मार्फत नेपाल पठाइएको एनआरएनए युएईका पुर्ब महासचिव तथा बिरामीका सहयोगी सन्तोष प्रसाइले

जानकारी दिएका छन्।

उपचारको क्रममा स्वास्थ्य बिमा बापत १लाख १४ हजार दिराम अस्पताललाई भुक्तानी भएको छ ।केहि दिन अघि कोमामा उपचाररत लुङ्गेलीको स्वास्थ्य अवस्था बारे जानकारी लिन आयको दूतावासको टोलिले जति सक्दो छिटो लुङ्गेलिलाई नेपाल फर्काउने प्रतिबद्धता जनाएको थियो।

-साभार-एभ्रेष्ट दैनिक


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...