Wednesday 26th November 2025

३३ किलो सुन तीज गीत सार्बजनिक ( भिडियो सहित ) 


चन्द्र बिश्वकर्मा, तितोपाटी – तीजको अवसर पारेर म्याग्दीका पुर्ब सञ्चारकर्मी एवं चर्चित लोक तथा दोहोरी गायक, मोडल सज्जन बोहरा र बिमला श्रीसले  ३३ किलो सुन तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन ।

बिगत केही वर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागि परेका बोहराले दर्जनौं गीतमा स्वर दिएका छन भने दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेका छन । केही समय पहिले नेपालको सनसनीपुर्ण घटना ३३ किलो सुन काण्डलाई विषय बस्तु बनाएर पारिवारिक तथा सामाजिक विषय बस्तुमा तीज गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । उक्त गीतको शब्द रचना प्रविण खत्रीले गरेका छन भने लय संकलन गायक सज्जन बोहराको रहेको छ ।


बिभिन्न म्युजिक भिडियोमा नृत्य तथा अभिनय गरेका बोहरालाई यसपटक भने फरक शैलीमा देख्न पाइएको छ । उक्त गीतमा गायक गायिका दुबैले अभिनय गरेका छन । उक्त गीतमा लोक तथा दोहोरी गायक सज्जन बोहोरा र बिमला श्रीसको सुमधुर आवाज रहेको छ भने निर्देशन एकेन्द्र सारा शंकरले गरेका छन । उक्त गीत मेशना  डिजिटल कम्पनीको प्रस्तुतिमा म्युजिक नेपालबाट युट्युबमा सार्बजनिक भएको छ ।

भिडियो हेर्नको लागि तलको लिकं क्लिक गर्नुहोस् ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

दर्जनौं कोठा, ७ किलोमिटर गहिरो: गाजाको विशाल सुरुङ भित्र जहाँ हदर गोल्डिनलाई राखिएको थियो लेफ्टिनेन्ट हदर गोल्डिनलाई गाजामा ४,११८ दिन…

प्रतिकृयाहरू
...