Monday 5th October 2026

राष्ट्रिय निकुन्ज वरपरका गाउँमा होमस्टे संचालन पछि बाँकेको मुहार फेरिंदै


तितोपाटी – बाँके राष्ट्रिय निकुञ्ज नजिकैको गाउँमा पर्यटकहरूका लागि स्थानीयले सञ्चालनमा ल्याएको होमस्टे निकै लोकप्रिय बन्न पुगेको छ । होमस्टेकै कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिका १ गाभरको पर्यापर्यटकीय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक समेत बढ्दै गएको छ ।

गाभर भ्याली निकुञ्ज क्षेत्र भएकाले पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि नमुनाको रुपमा समेत चिनिदै आएको छ । गाभर भ्यालीमा दङगाली होमस्टे र नमुना थारु गाउँ होमस्टे संचालनमा रहेका छन् ।

पारिवारिक बसाई र थारु परिकारका साथ साथै वासस्थानका लागि गाभर भ्यालीमा सुविधा सम्पन्न होमस्टे सञ्चालन भइरहेको दङगाली होमस्टेका सञ्चालक बुझावन थारुले बताउनु हुन्छ ।

होमस्टेमा विशेष थारु परिकारहरु अनदीको भात, सिद्रा, ढिक्री, घोंघी, गंगटा, परेवाको मासु, झिंगे माछा, अनदीको रोटी, फुलौरी मौसम अनुसारको फलफुल र सागसव्जीहरुले पर्यटक लोभ्याउन सफल भएका छन् ।

नेपालगन्जदेखि करिव २३ किलोमिटर दुरीमा रहेको उक्त होमस्टेमा स्थानीय तथा वाह्य पर्यटकहरु समेत आउने गरेका छन् । होम स्टेकै वरिपरि चुरे पहाडसँगै जोडिएको हुनाले सधैंभरि हराभरा र हरियाली मौसम देखिने गरिन्छ । पर्यटकको माग अनुसार स्थानीय संस्कृति नाचगान समेत देखाउने गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...