Sunday 5th April 2026

साँस्कृतिक मन्चले तिज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै


तीतोपाटी- हरेक बर्ष जस्तै यो बर्ष पनि नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो १७ औं प्रस्तुतिको रुपमा आगामी १४ सेक्टेम्वर २०१८  शुक्रबारका दिन कुवेतमा स्थानिय उत्कृष्ट कलाकारहरुको बेजोड प्रस्तुतिहरुका साथ तिज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। आगामी १४ सेक्टेम्वर २०१८  शुक्रबारका दिन हुने तिज बिशेष सांस्कृतिक कार्यक्रमको तयारी तिर लागेको  भन्दै  मन्चका प्रबक्ता प्रसाद तिम्सिनाले स्व-स्फुर्त रुपमा कार्यक्रममा सहभागी हुँदै मनोरन्जन लिन कुवेतमा रहेका सम्पूर्ण महिला दिदी-बहिनीहरुलाई आब्हान समेत गरेका छन् ।

स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा हुने तिज बिशेष सांगीतिक कार्यक्रममा कुवेतबासी महिला दिदीबहिनीहरुलाई नचाउन नेपाल कुवेत साँस्कृतिक मन्चका  कलाकारहरु  पुरै तयारीमा रहेको र अन्य कामहरु पनि वाँड फाँड गरेको  मन्चका अध्यक्ष गोबिन्द बरालले तीतोपाटी डटकमलाई  जानकारी गराउँदै सम्पूर्ण कुवेतबासी नेपाली महिला  दिदी-बहिनीहरु रातो चोलो, रातो सारी र रातै पहिरनमा  उपस्थिति हुनुहुन पनि अनुरोध गरेका छन् |

आगामी  सेक्टेम्वर १४ तारिक शुक्रबार मन्चले गर्न लागेको तिज बिशेष कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट साथ-सहयोग गर्दै सफल बनाउन मन्चले अनुरोध गरेको छ |

नेपाली साँस्कृतिक मौलिकतालाई जगेर्ना गर्दै नयाँ बर्ष, तिज बिशेष तथा दसैं, तिहार लगायत बिभिन्न नेपाली चाडपर्बहरुमा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी भरपुर मनोरञ्जन दिदै आएको नेपाल कुवेत सांस्कृतिक मन्चको  १७औं प्रस्तुती रहने छ |

तपशिल :-
मिति : १४ सेक्टेम्वर २०१८, शुक्रबार

समय : दिउँसो ०१:००  बजे

स्थान : फरवानिया युनिक अडिटोरियम हल (अल हाइतमको सिधा पछाडी )
गाता – ३, इशारा – ११०

आयोजक : नेपाल सास्कृतिक मंच,कुवेत


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...