Wednesday 16th April 2025

राप्ती एकता समाज कुवेतले १ लाख २७ हजार रुपैयाँ दिलबहादुर घर्तीको जीवन बचाउन सहयाेग


तिताेपाटी – राप्ती एकता समाज, कुवेतले साउदी अरबमा जेलजीवन बिताइरहेका दिलबहादुर घर्तीको जीवन रक्षार्थ पठाएको १ लाख २७ हजार रुपैयाँ दिलबहादुरकी श्रीमती मनिका बुढामगरलाई हिजाे हस्तान्तरण गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले समाजको प्रतिनिधिका रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै दिलबहादुर घर्तीकी श्रीमती मनिका बुढामगरले मान्छे जहाँ भए पनि आफ्नो श्रीमानको जीवन रक्षाका लागि सहयोग गर्ने कुवेतमा रहने सम्पूर्ण दाजुभाइप्रति हार्दिक आभार र धन्यवाद ज्ञापन गरिन् । उनले रोजगारीका लागि कुवेत पुगेर आफ्नो गास कटाएर पनि यति ठूलो गुण लगाएकोमा जीवनभर यसको सम्झना गर्ने बताइन् ।

सहयोग हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले रोजगारीका लागि कुवेत पुगेका दाजुभाइहरुले ‘राप्ती एकता समाज कुवेत’ स्थापना गरी एकतावद्ध भएको र त्यसमार्फत सामाजिक सेवामा सक्रिय भइरहेको जानकारी दिए । समाजले भूकम्पपीडित, अग्निपीडित, बाढीपीडितलाई राहत दिनुका साथै सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा अन्य सामाजिक काम गरिरहेको जानकारी पनि दिएका थिए ।

त्यस अवसरमा ‘दिलबहादुर घर्ती बचाउ अभियान मूल समिति’का सचिव जीवन रोकामगरले अब दिलबहादुरका लागि आवश्यक ब्लडमनि संसारभरिका नेपाली दाजुभाइहरुको सहयोगबाट लगभग पूरा भएको जानकारी दिए । उनले राप्ती एकता समाज कुवेतलाई पनि विशेष आभार प्रकट गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव मनोज घर्तीमगरले विश्वभर रहेका दानवीर नेपालीहरुकै सहयोगले अब दिलबहादुरको जीवन रक्षा सम्भव भएको बताउँदै राप्ती एकता समाज कुवेतलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै, नेपाल पत्रकार महासंघ, ५ नम्बर प्रदेशका अध्यक्ष मौसम रोकामगरले शुरुमा असम्भव जस्तो लागेको भए पनि सहृदयी दानवीरहरुको सत्प्रयासमा दिलबहादुर घर्तीले नयाँ जीवन पाएको बताए ।

राप्ती समाज कुवेतका अध्यक्ष कृष्णबहादुर खड्काले पनि कुवेतमा रहेर दिलबहादुर घर्तीको जीवनरक्षाका लागि सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले एक नेपालीको दुःखमा संसारैभर छरिएर रहेका नेपालीहरुको सानो सानो सहयोगबाट उनको जीवनरक्षा हुन सकेकोमा प्रशन्नता व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

#कुवेत सार्वजनिक सुरक्षा बढाउने र कानूनको शासन कायम राख्ने आफ्नो प्रयासको निरन्तरतामा, सार्वजनिक सुरक्षा क्षेत्रको प्रतिनिधित्व गर्ने गृह मन्त्रालयले देशका…

अयोध्याको राम मन्दिरलाई अर्को खतरा दिइएको छ। सोमबार मध्यरातमा, राम जन्मभूमि ट्रस्टलाई 'मन्दिरमा सुरक्षा बढाउन' चेतावनी दिइएको इमेल प्राप्त भयो।…

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।…

प्रतिकृयाहरू
...