तितोपाटी – प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ ।महाराजगञ्जबाट प्रधानमन्त्री क्वार्टर तर्फ प्रदर्शन गर्न जान लागेका उनीहरूलार्इ महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप भएको थियो ।
त्यसपछि प्रहरीले करिब ३० जना चिकित्सकहरुलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेर राखेको थियो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।
आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनरत छन् ।