Sunday 12th April 2026

सरकार र डा. गोविन्द केसी समर्थकबिच सिंहदरवारमा बार्ता


तितोपाटी – २६ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी पक्षबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ ।

बिहान ९ बजे हुने भनिउको वार्ता दिउँसो साढे १ बजेपछि मात्रै सुरु भएको हो । निर्णायक भनिएको वार्ताअघि सरकारी टोलीले प्रधानमन्त्री र शिक्षा मन्त्रीसहितका सरकारी अधिकारीसँग परामर्श गर्दा दुई पक्षबीचको वार्तामा ढिलाइ भएको हो ।

यो वार्तामा सरकारको तर्फबाट टोलीका संयोजक शिक्षा सचिव खगराज बराल, सह-सचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयका सह-सचिव गुणराज लोहनी सहभागी छन् ।

त्यसैगरी डा. केसी पक्षबाट टोलीका संयोजक अभिषेकराज सिंह, डा. जीवन क्षेत्री, अधिवक्ता ओमप्रकाश अर्याल, कानून व्यवसायी सुरेन्द्र भण्डारी र डा. सुमित पाण्डे छन् ।

दुई पक्षबीचको पाँच दिन लामो संवादहीनता मंगलबार तोडिएको थियो । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख सुवास नेम्बाङले पहल गरेपछि मंगलबार चौथो वार्ता दुई पक्षबीच भएर केही विषयमा सहमति पनि भएको थियो ।

मंगलबार भएको चौथो वार्तामा केही विषयमा दुवै पक्ष सहमत भएको र बाँकी बिषयमा बुधबार (आज) वार्तामा बसेर निचोडमा पुग्ने जनाइएको थियो । मंगलबारको वार्ताअघि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माथेमा आयोगका संयोजक डा केदारभक्त माथेमासहितसँग परामर्श गरेका थिए ।

चौथो वार्ताअघि संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयकलाई विज्ञको सुझाव र डा केसीको मागका आधारमा संशोधनका बुँदामाथि छलफल भएको थियो । हिजै दुवै पक्षले निकालेको विज्ञप्तीमा सकारात्मक भएको जनाउँदै चाँडै निचोड निस्कने बताएका थिए ।

२६ दिनदेखि अनशनरत डा. केसीको अवस्था नाजुक भइरहेका बेला सरकारले वार्तालाई अघि बढाएर टुंग्याउन चाहेको हो । मंगलबारकै बिन्दुबाट अघि बढेमा आजै सहमति भएर केसीको अनशन तोडिने अनुमानग गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...