Tuesday 26th May 2026

वनारसमा बन्धक नेपाली महिला छुटाउन प्रहरी छापा, दलालहरू भाग्न सफल


तितोपाटी – दलालले बन्धक बनाएको नेपाली महिलाको उद्धारका लागि वनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा बलले घरमा छापा मारेको छ ।

भारतको उत्तरप्रदेश राज्य वनारसस्थित शिवपुर प्रहरी कार्यालय । नेपाली महिला बन्धक बनाइएको घरका मालिक समेत दलाल भएको आरोपमा पक्राउ गरिएकालाई यसै प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको छ ।

वनारसस्थित नटकनियादाईमा सोमबार राति जयसिंहको घरमा छापा मार्दै दुई महिला तीन पुरुषसहित पाँच जनालाई पक्राउ गरेको छ ।

यस अघि १ सय ५० महिला भने पनि घरका मालिकले ८० जना नेपाली महिला रहेको प्रहरीलाई बताए । छापा मार्नु पूर्व बन्धक बनाइएकी नेपाली महिलालाई दलालले दिल्ली पुराएको आशंका गरिएको एसएसपी कुलकर्णीले बताए ।

पक्राउ गरिएका जयसिंहले दलालका बारे केही महत्वपुर्ण सुराक प्रहरीलाई दिएका छन् । प्रहरीले नेपाली महिला बन्धक बनाइएको घरबाट ल्यापटप र डेस्कटप बरामद गरेको छ । प्रहरीले घरभित्र बरामद गरेको सुत्ने ओछ्यान,जर्किनको पानी, मदिरा र सुकुटी, तरकारी काटेको अवस्थामा फेला पारेको थियो ।

छापा मार्नु पूर्व सुराकी पाएकाले उनीहरु अन्यत्रै सिफ्ट भएको एसएसपी कुलकर्णीले बताए । करिब सय जना सुरक्षाकर्मीले राती एघार बजेदेखि विहान २ बजेसम्म सर्च अप्रेशन गरेका थिए । प्रहरीले केही महत्वपूर्ण सूचना पाएका कारण ती महिलाको उद्धारका लागि सादा पोशाकका प्रहरी परिचालित गरिएको जनाएको छ ।

उनीहरु विरुद्ध कारबाहीका लागि दबाब दिन भारतस्थित नेपाली दूतावास दिल्लीका काउन्सिलर एसएसपी पुरुषोत्तम कँडेल, बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्का, प्रशासकीय अधिकृत अर्जुन सुवेदी, मधुवन नगरपालिकाका मेयर कृष्ण केसी र बन्धक बनाई घर फर्केकी मधुवन नगरपालिकाका दम्पत्ती पुगेका थिए ।

स्थानीय अधिकारकर्मी राजिव सिंहसहितको टोलीले एसएसपी कुलकर्णीलाई नेपाली महिलाको उद्धारका लागि पहल गर्न आग्रह गरेका थिए । शिवपुरका प्रहरी निरीक्षक विजय कुमारले महिला अन्यत्र स्थान्तरण भएको सुराक थाहा भइसकेकाले चाडै पक्राउ हुने बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

प्रतिकृयाहरू
...