Saturday 21st March 2026

कानुनमन्त्री तामाङले रुँदै दिए राजीनामा


तितोपाटी- बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

कानुन मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा भावुक हुँदै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको तामाङले बताउनुभयो । अाफू सधैँ नेपाली महिलाकाे सम्मानमा अाँच अाउन नदिने कुरामा सजग भएकाे उहाँले बताउनुभयाे ।

कानुनमन्त्री तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई काम गर्न अप्ठेरो भएपछि उहाँलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको थियो ।  अाफूले एउटा सार्वजिनक कार्यक्रममा दिएकाे अभिव्यक्तिलाई गलत तरिकाले बुझिएकाे बताउँदै नारी अधिकारका लागि अाफू निरन्तर लड्दै अाएकाे बताउनुभयाे । अाफूले बंगलादेशमा पढ्ने छात्राहरु हिंसामा परेका कुरा भनेकाे स्पष्ट पार्दै त्यसलाई अतिरञ्जित पारिएकाे उहाँले बताउनुभयाे ।

कानुनमन्त्री तामाङले पत्रकार सम्मेलनमा भन्नुभयाे, ‘म आफै महिला मलाई जन्माउने आमा हो । मेरो जीवन साथी हो । छोरी मेरो सन्तान हो । भविष्य हो । सबै हो । आमाको नामबाट नागरिकता दिने विषयको आन्दोलनमा मेरो पनि सहयोग छ । हिंसा भएको छ भनेर मैले आफै बोलेकै हो । तर केही क्लिप मात्रै निकालेर बंग्याएर समाचार आएको हो ।’

मन्त्री तामाङले अाफ्नाे अभिव्यक्तिलाई विवादमा तानेर सरकारलाई नै असफल बनाउन लागिएकाे कारण सरकारकाे समृद्धिकाे यात्रामा अवराेध नअाअाेस् भनेर राजीनामा दिएकाे प्रष्ट पार्नु भएकाे छ ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । यसअघि आफ्नो अभिव्यक्तिप्रति उहाँले माफी माग्नुभएको थियो ।

साभार -उज्यालो अनलाईन


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...