Sunday 11th January 2026

किन भाईरल हुन खोजे उमा र डीबी,(भिडियो सहित)


तितोपाटी- गायिका उमा श्रेष्ठ र गायक डीबी लोप्चनको तीज गीत युटुब मार्फत सार्वजनिक भएको छ।
भाइरल बोलमा रहेको उक्त तीज गित हालै बजारमा आएको हो, श्रेष्ठ र लोप्चन द्वारा तयारि उक्त गितमा पछिल्लो समयमा सामाजिक संजालले मान्छेलाई दिएको व्यापकताको चर्चा गरिएको छ।

सुमधुर स्वरकी धनि गायिका उमा र गायक डीबी दुवै जनाले पछिल्लो समयमा थुप्रै आधुनिक तथा लोक गीतहरुमा आवाज भरिसकेका छन

देश विदेशका विभिन्न ठाउहरुमा हुने सांगीतिक कार्यक्रममा पनि दुवै जनाको बाक्लो उपस्थिति हुने गर्दछ।

हालै बजारमा आएको भाइरल बोलको तीज गीतले दर्शक स्रोताको मन जितिरहेको छ

दीपक शर्माको शब्द/संगीत रहेको ‘भाईरल’ गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा मोडल अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले अभिनय गरेका छन् ।

समसामयिक विषयमा बनाईएको उक्त गीतमा प्रकाश खड्काले क्यामरा चलाएका छन् भने, मिलन विकले भिडियो सम्पादन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

प्रतिकृयाहरू
...