Tuesday 9th September 2025

किन राक्षसी रुप धारण गर्दैछन् टिपर चालक ?


बालकृष्ण घिमिरे – काभ्रेको बनेपा चारदोबाटोमा टिपरको ठक्कर बाट खनालथोक ४ नमोबुद्ध नपाका बाईक चालक जीत बहादुर तामाङको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार चारदोवाटो सालीक अगाडि एउटै दिशा बाट आएको बाईकलाई टिपरले ठक्कर दिदा बाईक पल्टिएको र बाईक चालक उठेर आफ्नो कपडामा लागेको धुलो झार्दै टिपर चालकलाई पख् भन्दा टिपरको झ्यालबाट हेर्दै गरेका चालकले गाडी ब्याक गरी अप्रिय घटना घटाएको प्रत्यक्षदर्शीले बताए ।

दुर्घटना पश्चात टिपर सहित भाग्दै गरेका चालकलाई कारले छेकी चालकलाई समातिएको भन्ने बुझिन आएको छ | घटना पश्चात अाक्रोसित जनसमुहले टिपरमा आग्जनी गर्नुका साथै चालकलाई समेत हातपात गरेका थिए । उक्त घटना पश्तात चालकको टाउको फुटेको अपुश्ट हल्ला समेत चलेको छ ।

आक्रोसित भिडले चालकलाई सुरक्षा दिएको चारदोवाटो अगाडि रहेको पुलिस् बिट समेत तोड्फोड गर्न खोजेका थिए | भिडको एउटै स्वर थियो चालकलाई टिपर सहित जलाउन पाउनु पर्ने । अर्का प्रत्यक्षदर्शीका अनुसार समयमै प्रहरी चाैकीमा पुगेका कारण चालकको ज्यान भने जोगिएको छ ।

दुर्घटना चाहेर हुँदैन तर आजभोलिको टिपर आतंकले त्यसमा पनि घटना पश्तात चालकले ब्याक गरी गरी मान्छे मार्छन भन्ने हल्ला भित्रको सत्यताले “के टिपर चालकले राक्षेसी रुप धारण गरेरै आएका हुन त” भन्ने प्रश्न उठेको छ . साथै केही समय देखिको दैनिक टिपर दुर्घटना पश्तातको आतंकका कारण बाईक स्कुटी र सर्वसाधारणहरुको मृत्‍युको खवरले अन्य सार्वजानिक सवारिचालकले समेत गर्वले आफु ड्राईभर भन्न नसक्ने अवस्था सिर्जना भएको छ |

त्यसैले टिपर मालिक टिपर चालक टिपर व्यवसायी संघ समिती मजदुर संघ संगठन र सम्बन्धित निकायको तत्काल ध्यान जान जरुरी छ |

यो खवर लेख्दै गर्दा काभ्रेको भकुण्डेमा मृतकका आफन्त र स्थानियले आन्दोलन गर्दै सडक अवरोध गरेका छन |


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको…

प्रतिकृयाहरू
...