Tuesday 8th September 2026

दुग्ध कृषकको बिरोध प्रदर्शनको नाैलो तरिकाः सडकमा बसेर निःशुल्क दुध वितरण


तितोपाटी – दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले सोमबार दूध बाँडेर बिरोध प्रदर्शन गरेका छन् ।

दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले सोमबार रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको बकुलहर चोकमा दूध बाँडेर विरोध प्रदर्शन गरेका हुन् ।

दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोपमा उनीहरु गएको शुक्रबारदेखि आन्दोलनमा थिए । मूल्य समायोजन नगरेसम्म आन्दोलन जारी राख्ने रत्ननगरका शिवकान्त पौडेलले बताए ।

यसअघि शुक्रबार राप्ती नगरपालिकास्थित भण्डारामा र आइतबार खैरहनी नगरपालिकाको ज्यामिरेचोकमा झण्डै ४०० लिटर दूध सडकमा पोखेर किसानले विरोध प्रदर्शन गरेका थिए । जिल्ला दुग्ध सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेलले बाहिरको मिसावट दूध ल्याएर शुद्ध दूधमा खेलबाड गरेको आरोप लगाए ।

दुग्ध विकास संस्थान (डिडिसी)का निमित्त महाप्रबन्धक ईश्वरी न्यौपानेले दूधको मूल्य घटाएको नभई यसअघि किसानलाई गुणस्तर हेरेर दिइँदै आएको अतिरिक्त मूल्यमात्रै कटौती भएको बताए ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...