Sunday 4th October 2026

पर्सामा टिभि मिलाउँदा करेन्ट लागेर १ को मृत्यु


तितोपाटी –  पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ बढनिहारमा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर ३५ वर्षीय जुमाद्दिन मन्सुरीको मृत्यु भएको हो । चलिरहेको टिभीलाई समातेर घुमाउन खोज्दा मन्सुरीलाई करेन्ट लागेको थियो ।

उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
मन्सुरीको शव पोष्टमार्टमका लागि अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

 


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...