Wednesday 25th February 2026

अाैषधीय गुणले भरिपुर्ण तुलसी


तितोपाटी – चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ ।

मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ ।

तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ्र तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।

यस्तो समस्या आएमा तुलसी प्रयोग गर्नुहोस्

धेरै दिशा लागेमा
८/१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।

आउँ, शुल परेमा
१० /१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।

दिशामा रगत आएमा
१ /२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।

अल्काई भएमा
तुलसीको पात १० /१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

बालतोड् घाऊ भएमा
पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहानरबेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।

घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०र१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...