Sunday 11th January 2026

‘उठ माया जुरूक्कै नाच फुरूक्कै’ मा ज्योती मगर


तितोपाटी – एक ताका विवाद र आलोचनाकी पर्याय बनेकी थिइन् ज्योती मगर। तर उनले निडर भएर आफ्नै शैलीलाई निरन्तरता दिइन्। उत्तेजक पहिरन एवं अभिव्यक्ति उनलाई चर्चामा ल्याउने हतियार बने। चर्चासँगै गाली र आलोचनाको सामना पनि उनले त्यतिकै सहनु पर्यो तर जीत उनकै भयो। अहिले ज्योति मगरलाई देश विदेशमा हुने सांगीतिक कार्यक्रममा भ्याइ नभ्याइ छ।

लोक गीत गायन उनको विधा हो। नृत्यमा पनि उत्तिकै दखल भएकाले स्टेज उनका लागि सहज र प्रभावकारी माध्यम बनको छ। दर्शकलाई पूर्ण मनोरञ्जन दिने सामाथ्र्य उनमा छ, गाएर होस वा नाचेर। बोलेर होस वा शारीरिक हाउभाउ। यही विशेषताका कारण पछिल्लो समय ज्योतीलाई म्युजिक भिडियोमा पनि उत्तिकै मौका मिल्न थालेको छ।

हुन त करियरको सुरुवात पनि उनले मोडलिङ नगरेको होइन तर अहिले मोटो रकम तिरेरै ज्योतीलाई आफ्नो म्युजिक भिडियोमा लिन चाहनेको कमी छैन। केही साताअघि मेनुका राई र रुपकुमार राईको नयाँ गीत ‘नौलाई सुन्ना नब्बे’मा मोडलिङ गरी प्रशंसा कमाएकी ज्योतीले एकपछि अर्को गर्दै नयाँ गीतको भिडियोमा मोडलिङ गरीरहेकी छन्।

पछिल्लो समय विक्रम राना र उनी आफैंले गाएको ‘उठ माया जुरुक्कै नाच फुरुक्कै’ बोलको गीतमा गायक विक्रम, मोडेल आरुसी मगरका साथमा ज्योतिले पनि मोडलिङ गरेकी छन्। करन न्यौपानेको शब्द एवं संगीत रहेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्। ‘गायनसँगै मोडलिङ मोह पनि बढ्दै छ’, ज्योतीले भनिन्, ‘नाच्ने गाउने कर्मले जीवन रसिलो बनाइदिएको छ।’


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

प्रतिकृयाहरू
...