Tuesday 31st March 2026

धुलो धुवाँको समस्या र त्यसबाट बच्ने उपायहरू


तितोपाटी – धुलो, धुवाँ, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा पर्दै गएको छ । ‘हाम्रो दैनिक कामकाजको सम्बन्धमा सहरभित्र आवतजावत गर्दा प्रदूषणको मात्रा अत्यधिक बढेको सहजै अनुभव गर्न सकिन्छ।

धुलो कम गर्न सडकमा दैनिक कुचो लगाउने, पानी छर्कने, खनिएका स्थानमा घेरा लगाएर काम गर्ने, सवारी यातायात सातामा एक दिन बन्द गर्ने, जोरविजोर चलाउने, अत्यधिक प्रदूषण भएको दिन स्कुल-कलेज बन्द गर्ने, धुलो कम गराउने प्रविधिको उपयोग गर्ने, सडककिनार र खाली स्थानमा वृक्षरोपण गरेर समेत कम गर्न सकिन्छ । अाउनुहोस धुलो धुवाँ बाट हुने समस्या र समाधानका लागि के गर्न सकिन्छ यस बारेमा जानकारी लिउँ ।

समस्या
-धुवाँ–धुलोले सबैभन्दा बढी असर पैदलयात्रुलाई पारेको हुन्छ ।

-दीर्घरोगीका लागि त यसको प्रभाव अझ बढी हानिकारक हुन्छ ।

-मुटु, मिर्गौला, आँखा र दमका रोगीलाई धुलोको असर तत्काल देखिने गर्छ ।

-यसको असर अझ बढी आँखामा पर्ने गर्छ ।

आँखालाई धुलोबाट नबचाउँदा फुट्ने, आँखा देख्न बन्द हुनेजस्ता समस्या आउँछ ।

-धुवाँ–धुलोकै कारण आँखा चिलाउने, इन्फेक्सन हुनेजस्ता समस्या देखा पर्छ ।

कसरी बच्ने ?
-बाहिर हिँड्दा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।

-सामान्य मास्कले पूरै धुलो छेक्न सक्दैन, त्यसैले राम्रो मास्क प्रयोग गर्नुपर्छ ।

-आँखा, टाउकोलाई सुरक्षित राख्न चस्मा र स्कार्फ लगाउनु उत्तम हुन्छ ।

-बाहिरबाट घर फर्किएपछि सबैभन्दा पहिले साबुनपानीले राम्रोसँग हात–मुख धुनुपर्छ ।

-साबुनपानीले हात धुँदा हाम्रो हातमा रहेका ८० प्रतिशत कीटाणु नष्ट हुन्छन् ।

-विभिन्न सरुवा रोग सर्ने माध्यम धुवाँ–धुलो नै बन्ने गरेको छ ।

-यसकारण घर छिर्नुभन्दा पहिले हात–मुख राम्रोसँग धोएर जानुपर्छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...