Tuesday 14th May 2024

बागमती नगरपालिकामा मातृशिशु पोषण भत्ता : छोरी पाए पाँच हजार, छोरा पाए तीन हजार


गुलाम नबि मन्सुर-सर्लाही-बागमती नगरपालिकाले मातृशिशु पोषण भत्ता प्रदान गर्दै आएको छ । छोरी भए पाँच हजार, छोरा भए तीन हजार प्रदान गर्ने कार्यक्रमका लागि अहिले उन्नाईस लाख बत्तीस हजार रकम छुट्टाएको छ ।

जन्म दर्ता भएपछि हामीले अभिभावकलाई छोरी भए पाँच हजार र छोरा भए तीन हजार प्रदान गर्छौं । हाल सम्म ४३१ जन्मेका छन् जस मध्ये १९२ बालक र २३९ बालिकाका अभिभावकले रकम पाईसकेका छन् । कार्यक्रमले छोरी प्रति हेर्ने केही नकारात्मक प्रवृतिलाई सकात्मक रुपमा परिवर्तन गर्ने र समयमै जन्म दर्ता हुने भएकोले बालबालिकाले पाउने पहिचानको अधिकार पनि सँगै सुनिश्चित हुनुका साथै र यो निरन्तर कार्यक्रम हुने बागमती नगरपालिकाका प्रशासकिय अधिकृत विमल पोखरेलले जानकारी दिए ।

मातृ तथा शिशु स्वास्थ्यको लागि प्रोत्साहन गर्न यो कार्यक्रम प्रभावकारी हुन्छ । बच्चा गर्भमा रहे देखि जन्मनु भन्दा अघि निश्चित समय भित्र चार चोटी आमाको स्वास्थ्य परीक्षण (एन्टेनाटल केयर) गर्नु पर्ने साथै बच्चा जन्मिसके पछि आमा र शिशुको तीन चोटी स्वास्थ्य परीक्षण (पोष्ट नाटल केयर) जस्तै खोप डिपिटी, बिसिजी, आईपिभी, नयाँ आएको जिई आदिका नेपाल सरकारले तोकिदिएको मापदण्ड आमाले पुरा गरेको छ कि छैन त्यस सम्बन्धि कार्ड बनाई दिन्छ र त्यसको आधारमा पनि सुत्केरी पोषण भत्ता पाउने वा नपाउने सुनिश्चित हुने बागमती नगरपालिकाका कर्मैया स्वास्थ्य चौकी प्रमुख प्रिती दासले जानकारी दिए । उनीे भन्छिन्, ‘हामीका आउने सुत्केरी महिलाले एक चोटी पनि बच्चा जन्माउने बेला सम्म स्वास्थ्य परीक्षण नगराएको बताएका छन् । खोप लगाउदा बच्चा रुन्छ, कहिले बच्चालाई ज्वरो आउँछ भन्ने आमालाई हुँदो रैछ र आमाहरु लाइ जानकारी हुँदा–हुँदै पनि भूलचुक भएर बच्चालाई खोप नलगाएका केसहरु पनि छन् तर अब यो कार्यक्रमले आमाहरुले बच्चा र आफ्नो परीक्षण समयमै गर्नु पर्ने कुरामा मद्दत गर्छ जसले गर्दा मातृ तथा शिशु मृत्यु दर पनि घटाउँछ ।


सम्बन्धित शीर्षकहरु

पुष्कर अथक रेग्मी - पालिका स्तरीय बालकथा प्रतियोगितामा अनिल प्रथम भयो । पुरस्कार र प्रमाणपत्र प्राप्त गरी आफ्नो र विद्यालयको…

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ…

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष समेत रहेका यादवले…

प्रतिकृयाहरू
...