Tuesday 1st September 2026

पृथ्वीको सतहदेखि ९० मिलको गहिरार्इमा हिरै हिराको भण्डार


तितोपाटी – पृथ्वीमा हामीले पहिले सोचेभन्दा निक्कै बढी हिरा रहेको पत्ता लागेको छ । विश्वको चर्चित विश्वविद्यालय एमआईटीका अनुसार यो पहिले सोचिएको भन्दा हजार गुणा बढी रहेको छ ।

अन्तरविषयक समूहको नयाँ अध्ययनमा अनुसन्धानदाताहरुले सिस्मिक प्रविधि( भूकम्प नाप्दा प्रयोग गरिने प्रविधि) प्रयोग गरेर पृथ्वीको सतहमुनि १०,००० खर्ब टन हिरा रहेको पत्ता लगाएका हुन् ।

तर यो नयाँ आविष्कारले हिराको उत्खनन्मा भने तत्काल बृद्धी गराइहाल्दैन । किनकी हिराको भण्डार पृथ्वीको सतहको ९० मिल देखि १५० मिल मुनि रहेको छ । आजको उत्खनन् संयन्त्रले त्यति तल सम्म कुनै हिसाबले पनि भ्याउदैन ।

उदारणको लागि विश्वको दोस्रो ठूलो मानव निर्मित खाल्डो रसियामा रहेको मिर हिरा खानी हो । यो एक माइलको पनि एक तिहाई मात्र गहिरो छ ।

सिस्मिक प्रविधिमा नापजोखको लागि ध्वनी तरङ्गको प्रयोग गरिन्छ किनकी ति तरङ्ग चट्टान र खनिजको बनावट, तापक्रम र घनत्वको भिन्नता अनुसार अलग अलग गतिमा यात्रा गर्छन् ।
पृथ्वीको गहिराईमा पर्वतलाई उल्टाएर राखेको जस्तो विशाल चट्टानहरुको पिण्ड क्रेटन्स हुन्छ । ति सामान्यतया चिसो र वरपरका चट्टानभन्दा कम घनत्वको हुने गर्छ । ति स्थानमा ध्वनि तरङ्गको गति तीब्र हुन्छ ।

तर वैज्ञानिकहरुले क्रेटन्सको पिँधमा तरङ्ग झनै बढी गतिमा यात्रा गरेको देखे ।

त्यसैले उनीहरुले विभिन्न वस्तुहरुको मिश्रणबाट भर्चुअल चट्टान तयार गरे । यसको तीन आयामिक नमूना बनाइयो । र अनुसन्धानदाताहरुले त्यसमा ध्वानिको गतिको भिन्नता तुलना गरे ।

अन्य चट्टानको तुलनामा हिरामा ध्वनीको गति दोब्बर हुने गर्छ । त्यसैले अनुसन्धानदाताहरुले क्रेटन्समा केही तत्वहरु रहेको पत्ता लगाए ।

“यसमा हामीले हिरा राख्दा ठ्रयाक्कै मिल्यो किनकी ती केही बढी सघन हुन्छन् ,” एमआईटीमा पृथ्वी, वातावरण र ग्रह विज्ञान विभागका एक अनुसन्धानदाता उल्रिच फलले भने । उनी उक्त अनुसन्धानका एक प्रमुख सदस्य पनि हुन् ।

सिस्मोलोजिस्ट, जियोलोजिस्ट र अन्य वैज्ञानिकहरुले अनुसन्धानदाताहरुको समूहसँगै काम गरिरहेका फलले भर्चुअल चट्टानमा हिराको मात्रा बढाउँदै लगे । उनीहरुले थप मात्रा बढाउदै लगेर त्यसलाई पृथ्वीमा भएकै गति भएको अवस्थामा पुराए ।

त्यो भनेको क्रेटनको १–२% हो ।

त्यसपछि समूहले यो प्रतिशतमा पृथ्वीमा रहेको कुल क्रेटोनिक पिधंलाई गुणन गरे । क्रेटोनिक पिँधको आँकलन नयाँ र पूरानो चट्टान निर्माणको म्यापिङ्ग गरेर गरिएको हो । अन्तत लामो हिसाब पछि अन्तत निष्कर्ष १०,००० खर्ब टन निस्कियो । यो भनेको पहिले अनुमान गरिएको भन्दा हजार गुणा धेरै हो ।

हिरा कसरी बन्छ ?
फलले क्रेटनको पिँधमा हिरा भेटिनु आश्चर्य नभएको बताए । किनकी हिरा अत्यन्त बढी दबाब र तापमा बन्छ । र यति सबै चट्टानको तौलको दबाब आउने ठाँउ हिरा निर्माणको लागि उपयुक्त स्थान भएको फलले बताए ।
फलका अनुसार हामीले मानव प्रयोजनको लागि औँठी र हारमा प्रयोग गर्ने हिराहरु भने ज्वालामुखी विस्फोटको बेला पृथ्वीको सतहमा निस्किएका हिरा हुन् ।
यो अध्ययनमा कयैंन राष्ट्रिय र अन्तराष्ट्रिय सस्थानका अनुसन्धानदाताहरु पनि सहभागी थिए । यसमा क्यालिफोनिया विश्वविद्यालय–बर्कले, हारवार्ड विश्वविद्यालय, युनिभरसिटी अफ मेलबर्न र युनिर्भसिटी अफ साइन्स एण्ड टेक्नोलोजी लगाएका अनुसन्धानदाताहरु थिए ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...