Monday 5th October 2026

तमिल फिल्मकी नायिका प्रियंकाद्वारा झुण्डिएर अात्महत्या


तितोपाटी – भारतीय तमिल फिल्मकी चर्चित नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बताईएअनुसार प्रियंकाले वलासारावक्कम स्थि‍त आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्रि‍यंका तमिल फिल्ममा प्रख्यात रहेकी थिईन् ।प्रियंकाको मृत्युको बारेमा उनकी सहयोगीले बुधवार बिहान कोठाको पंखामा झुण्डिएको देखेपछि बताएकी हुन् । प्रियंकाको मृत्युको कारण घरेलु कलह हुन सक्ने उनको सहयोगीले बताएकी छिन् ।

भारतीय संचार माध्यमको अनुसार नायिका प्रियंकाले विवाह गरेको ३ बर्ष बितिसक्दा पनि संतान नभएको भन्दै परीवारमा वादविवाद हुने गरेको जसको कारण प्रियंकाले यस्तो निर्णय लिएको हुन सक्ने बताईएको छ ।उनको शरीरको पोष्टमार्टम पछि आत्महत्याको मूख्य कारण खुल्न सक्ने प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...