Sunday 4th October 2026

गोरखामा पहिरोले घर पुरिदा एक घरमा ३ जनाको मृत्यु


तितोपाटी – गोरखाको सहिद लखन गाउँपालिका, ६ घैरु अँधेरीमा पहिरोले घर भत्किदा बुधबार तीन जनाको मृत्यु भएको छ ।

स्थानीय नवराज कुँवरको घर भत्किदा उनका भतिजी १० वर्षीय छोरी प्रविना कुँवर, साउने संक्रान्ति मनाउन मामाघर आएकी २० वर्षीय भान्जी सरु कुँवर र उनको आठ महिनाको छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिएका छन् ।

राति परेको वर्षाले घरपछाडिको ढिस्को भत्किएर घर पुरिदा उनीहरुको ज्यान गएको हो । घरमा मंगलबार पाँच जना सुतेको थिए । बाँकी दुई जनालाई केही नभएको प्रहरीले बताएको छ । पहिरोमा पुरिएकालाई नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...