Tuesday 23rd April 2024

गोरखामा पहिरोले घर पुरिदा एक घरमा ३ जनाको मृत्यु


तितोपाटी – गोरखाको सहिद लखन गाउँपालिका, ६ घैरु अँधेरीमा पहिरोले घर भत्किदा बुधबार तीन जनाको मृत्यु भएको छ ।

स्थानीय नवराज कुँवरको घर भत्किदा उनका भतिजी १० वर्षीय छोरी प्रविना कुँवर, साउने संक्रान्ति मनाउन मामाघर आएकी २० वर्षीय भान्जी सरु कुँवर र उनको आठ महिनाको छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिएका छन् ।

राति परेको वर्षाले घरपछाडिको ढिस्को भत्किएर घर पुरिदा उनीहरुको ज्यान गएको हो । घरमा मंगलबार पाँच जना सुतेको थिए । बाँकी दुई जनालाई केही नभएको प्रहरीले बताएको छ । पहिरोमा पुरिएकालाई नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५…

सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा…

प्रतिकृयाहरू
...