Sunday 4th October 2026

झापामा मोटरसाइकलको ठक्करबाट ७ वर्षे बालकको मृत्यु


तितोपाटी – चन्द्रगढीबाट विर्तामोडतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

स३प २७९६ नंको मोटरसाइकलको ठक्करबाट बिर्तामोड– ८ का सात वर्षीय अभिषेख श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिए ।

सडक पार गर्ने क्रममा मोटरसाइकलले बालकलाई ठक्कर दिएको बताइएको छ ।

ठक्करबाट गम्भीर घाइते बालकको भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियामा ३० हजारदेखि ४० हजारसम्म पाकिस्तानी सैनिक तैनाथ भएको एक पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। उनीहरूको मुख्य…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित रहेकै बेला सहकारीको रकम हिनामिनासम्बन्धी विषय उठेपछि…

तेहरान/गाजा — इरानले हमासलाई रोकिएको आर्थिक सहयोग पुनः सुरु गर्ने विषयमा कुनै प्रतिबद्धता नजनाएको एक प्यालेस्टिनी स्रोतले इजरायली सार्वजनिक प्रसारक…

प्रतिकृयाहरू
...