Tuesday 8th September 2026

प्यूठानमा जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु


तितोपाटी – प्यूठान जिल्लाको गौमुखी  गाउँपालिका ७ नारिकोटमा  आइतवार साझ  जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बाग्दुलाबाट नारिकोट तर्फ जाँदै गरेको लु १ ज  १७४३  नम्बरको जीप दुर्घटना हुँदा गौमुखी–५ कि  ५५ वर्षीया कन्यादेवी थापा मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक एव प्रहरी प्रवक्ता देवि प्रसाद पौडेलका अनुसार उनको नारिकोट स्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी गौमुखी ५ बस्ने २२ बर्षिया संझना थापा मगर र २ बर्षिया पृयकाँ थापा मगर घाईते भएको प्रहरीले बताएको हो । अन्य ५ जना सामान्य घाईते स्थानिय स्वास्थ्य चौकिमा उपचार पछि घर फर्किएका छन् ।

जिपमा ८ जना यात्रु सवार थिए। रोकिराखेको जीप एक्कासी व्याक भएपछि दुर्घटना भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...