Wednesday 8th May 2024

विना पारिश्रमिक बलिवुडमा काम गर्ने पहिलो नायिका बन्दै प्रियंका चोपडा


तितोपाटी – हलिउड मार्फत विश्वभरी चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा फिल्म ‘भारत’मार्फत सलमान खानको जोडीको रुपमा बलिउडमा ‘कमब्याक’ गरिरहेकी छिन् ।

यो फिल्म बाहेक उनी ‘द स्काई इज पिंक’ मा पनि काम गरिरहेकी छिन् । यही फिल्मका माध्यमबाट प्रियंकाले बलिउडमा अहिलेसम्म कुनै पनि अभिनेत्रीहरुले नगरेको काम गर्दैछिन् ।

सोनाली बोसको निर्देशनमा बन्ने फिल्म ‘द स्काई ईज पिंक’ मा अभिनय गरेवापत प्रियंकाले पारिश्रमिक नलिने भएकी छिन् । उनी यस फिल्मले गरेको ब्यापारबाट हुने नाफाको हिस्सेदार बन्नेछिन् । बलिउडमा फिल्मले कमाएको नाफाको हिस्सेदार बन्ने प्रियंका चोपडा पहिलो अभिनेत्री हुन् । यस अघि बलिउडमा कुनै पनि अभिनेत्रीले यस्तो गरेका थिएनन् ।

प्रियंकालाई ‘द स्काई ईज पिंक’ को कहानी असाध्यै मन परेको थियो । तसर्थ यस फिल्मलाई बनाउनका लागि निर्माताहरुलाई सहयोग गर्नुपर्ने ठानेर उनले पारिश्रमिक नलिई काम गर्ने सोच बाएकी छिन् । उनले सुरुवातमै निर्माताहरुसँग पारिश्रमिक माग्नुको बदलामा नाफाको हिस्सेदार बन्ने निर्णय लिएकी हुन् ।

तर प्रियंकाले यस फिल्मबाट कमाएको नाफाको कति हिस्सा लिनेछिन् भन्ने कुरा अहिले तय गरिएको छैन । बलिउडमा अहिलेसम्म अभिनेता शाहरुख खान, सलमान खान र अक्षय कुमारले फिल्मको नाफामा हिस्सेदार भएर काम गरिसकेका छन् ।

प्रियंकाको फिल्म ‘द स्काई इज पिंक’ भारतीय मोटिभेशनल स्पीकर आयशा चौधरीको जीवनीमा आधारित फिल्म हो । यस फिल्ममा प्रियंका बाहेक जायरा वसीम पनि हुनेछिन् । जायरा वसीमले आयसा चौधरीको भूमिका निर्वाह गर्नेछिन् भने प्रियंका चोपडा जायराकी आमाको भूमिकामा देखिनेछिन् ।

यस अघि फिल्ममा प्रियंकाको जोडीको रुपमा अभिषेक बच्चनले अभिनय गर्ने भनिएको थियो तर अहिले फरहान अख्तरलाई यस फिल्मका लागि फाइनल गरि सकिएको छ ।


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...