Monday 29th June 2026

विना पारिश्रमिक बलिवुडमा काम गर्ने पहिलो नायिका बन्दै प्रियंका चोपडा


तितोपाटी – हलिउड मार्फत विश्वभरी चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा फिल्म ‘भारत’मार्फत सलमान खानको जोडीको रुपमा बलिउडमा ‘कमब्याक’ गरिरहेकी छिन् ।

यो फिल्म बाहेक उनी ‘द स्काई इज पिंक’ मा पनि काम गरिरहेकी छिन् । यही फिल्मका माध्यमबाट प्रियंकाले बलिउडमा अहिलेसम्म कुनै पनि अभिनेत्रीहरुले नगरेको काम गर्दैछिन् ।

सोनाली बोसको निर्देशनमा बन्ने फिल्म ‘द स्काई ईज पिंक’ मा अभिनय गरेवापत प्रियंकाले पारिश्रमिक नलिने भएकी छिन् । उनी यस फिल्मले गरेको ब्यापारबाट हुने नाफाको हिस्सेदार बन्नेछिन् । बलिउडमा फिल्मले कमाएको नाफाको हिस्सेदार बन्ने प्रियंका चोपडा पहिलो अभिनेत्री हुन् । यस अघि बलिउडमा कुनै पनि अभिनेत्रीले यस्तो गरेका थिएनन् ।

प्रियंकालाई ‘द स्काई ईज पिंक’ को कहानी असाध्यै मन परेको थियो । तसर्थ यस फिल्मलाई बनाउनका लागि निर्माताहरुलाई सहयोग गर्नुपर्ने ठानेर उनले पारिश्रमिक नलिई काम गर्ने सोच बाएकी छिन् । उनले सुरुवातमै निर्माताहरुसँग पारिश्रमिक माग्नुको बदलामा नाफाको हिस्सेदार बन्ने निर्णय लिएकी हुन् ।

तर प्रियंकाले यस फिल्मबाट कमाएको नाफाको कति हिस्सा लिनेछिन् भन्ने कुरा अहिले तय गरिएको छैन । बलिउडमा अहिलेसम्म अभिनेता शाहरुख खान, सलमान खान र अक्षय कुमारले फिल्मको नाफामा हिस्सेदार भएर काम गरिसकेका छन् ।

प्रियंकाको फिल्म ‘द स्काई इज पिंक’ भारतीय मोटिभेशनल स्पीकर आयशा चौधरीको जीवनीमा आधारित फिल्म हो । यस फिल्ममा प्रियंका बाहेक जायरा वसीम पनि हुनेछिन् । जायरा वसीमले आयसा चौधरीको भूमिका निर्वाह गर्नेछिन् भने प्रियंका चोपडा जायराकी आमाको भूमिकामा देखिनेछिन् ।

यस अघि फिल्ममा प्रियंकाको जोडीको रुपमा अभिषेक बच्चनले अभिनय गर्ने भनिएको थियो तर अहिले फरहान अख्तरलाई यस फिल्मका लागि फाइनल गरि सकिएको छ ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...