Tuesday 24th March 2026

सहभागी सबै टिमलार्इ पुरस्कृत गरिने खेल विश्वकप फुटबल


तितोपाटी – सन २०१८ को विश्वकपको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले हराउंदै दोस्रो पटक विश्वकपको उपाधि जितेको

 हो ।

रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ। याे यसअघि ब्राजिलमा भएकाे विश्वकप (सन् २०१४) को भन्दा ४० प्रतिशत अर्थात ३० लाख डलरले बढी हाे।

ब्राजिलको विश्वकपमा कुल पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर मात्र थियो।

कसले कति पाए ?

यस पटक विश्वकपकाे उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफी र ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ। दोस्रो भएकाे क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ।

अन्य टिममध्ये क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६/१६ मिलियन डलरका दरले पुरस्कार पाएका छन्। क्वार्टर फाइनलबाट बाहिरिनेमा उरूग्वे, ब्राजिल, रसिया र स्विडेन छन्।

यस्तै, प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम -पोर्चुगल, अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बियाले १२/१२ मिलियन अमेरिकी डलरका दरले पाए।

उता समूह चरणबाट बाहिरिने १६ वटा टिमले पनि ८/८ मिलियन डलरका दरले पुरस्कार पाएका छन्।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...