Sunday 4th October 2026

पर्सामा छुट्टाछुट्टै स्थानमा २ वटा शब भेटिए


तितोपाटी – पर्साको बहुदरमाई नगरपालिकामा ६ वर्षीय बालक मृत अवस्थामा पोखरीमा भेटिएका छन् ।

मृतक बहुदरमाई नगरपालिका-२ बैरियाविर्ता टोलका शिवजी साहको छोरा आयुब साह भएको आशंका गरिएको छ ।

बिहान ८ बजेतिर खाना खाएर घरबाट निस्किएका आयुब दिउँसो गाउँको पूर्वपट्टी रहेको पोखरीमा मृत भेटिएको दावी स्थानीय बासिन्दाले गरेका छन् । आयुबको हत्या भएको दावी गर्दै स्थानीय बासिन्दाले पोखरीबाट शव निकाल्न दिएका छैनन् ।

यसअघि ०७४ मंसिर १६ गते शिवजी साहको दाई सञ्जय साहको १० वर्षीय छोरा सुमित साहको पनि हत्या भएको थियो । घरबाट हराएको ४ दिनपछि सुमितलाई छुरा प्रहार गरी मारेर पोखरीमा फालिएको अवस्थामा शव फेला परेको थियो ।

स्थानीयले हेटौंडाबाट तालिम प्राप्त कुुकुर मगाएर अनुसन्धान गरेपछि मात्रै पोखरीबाट शव निकाल्न दिने अडान राखेका छन् । घटना स्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएका छन् ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने पोखरीमा शव देखिएको तर हात मात्रै बाहिर देखिएकोले पहिचान खुल्न नसकेको जानकारी दिए । ‘पोखरीमा शव देखिएको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । पोखरीबाट शव निकाल्न नपाएका कारण पहिचान खुल्न सकेको छैन,’ उनले भने, ‘हेटौंडाबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान पक्रिया अगाडी बढाउने तयारी गरिरहेका छौं ।’

त्यसैगरी पर्साको जगरनाथपुर गाउँपालिकामा एक अधवैंशे महिलाको शव भेटिएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-४ सुहपुरस्थित गंगुली खोलाको किनारमा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको हो ।

महिलाको शव सडिसकेकोले पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक सुबास बुढाथोकीले जानकारी दिए । ‘सडीसकेको अवस्थामा शव फेला परेको छ, अनुहार चिन्न सक्ने अवस्थामा छैन, कम्मरदेखि मुनीको भाग गलिसकेको छ,’ उनले भने, ‘मुचुल्का उठाएर शव शल्यपरीक्षणका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा पठाएका छौं ।’

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियामा ३० हजारदेखि ४० हजारसम्म पाकिस्तानी सैनिक तैनाथ भएको एक पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। उनीहरूको मुख्य…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित रहेकै बेला सहकारीको रकम हिनामिनासम्बन्धी विषय उठेपछि…

तेहरान/गाजा — इरानले हमासलाई रोकिएको आर्थिक सहयोग पुनः सुरु गर्ने विषयमा कुनै प्रतिबद्धता नजनाएको एक प्यालेस्टिनी स्रोतले इजरायली सार्वजनिक प्रसारक…

प्रतिकृयाहरू
...