Friday 16th January 2026

उपत्यकामा दिन दहाडै पेस्तोल किनबेच !


तितोपाटी – उपत्यकामा दिनदहाडै हतियार किनबेच हुने गरेको खुलासा भएको छ ।

प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेसँगै हतियार किनबेच हुने गरेको खुलेको हो ।

स्रोतका अनुसार पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल छन् ।

विशेष सुराकीका आधारमा पछ्याउने क्रममा उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको स्रोतले बतायो ।

काठमाडौं प्रहरीले उनीहरुलाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ ।

स्रोतका अनुसार उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई वटा म्याग्जिन पनि बरामद भएको छ ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...