Monday 10th August 2026

अछाममा २१ वर्षीय युवकद्वारा ८ वर्षीया बालिका बलात्कृत


तितोपाटी – अछामको साँफेबगर नगरपालिकामा एक ८ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् ।

बालिकाकी आमा रोपाइ गएको मौका छोपेर २ वर्षे बहिनीकी गोठाली बसेकी ती बालिकालाई पानी माग्ने निहुँमा असार २० गते साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेकाे पीडित परिवारले बताएको छ ।

‘म घरमा बहिनीलाई हेरेर बसेकी थिएँ, घरमा आएर पहिले पानी मागे ,त्यसपछि घर भित्र जाउँ भने म जान मानिनँ । जबरजस्ती तानेर घरको माथिल्लो तलामा लगेका हुन् ।’ पीडित बालिकाले भनिन् ,‘कसैलाई नभन्नु पैसा दिन्छु समेत भनेको हो ।’

भारतमा रहेका बालिकाका बुवा र बाजुरमा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बालिकाकी आमाले बताइन् ।

बालिकाको योनीमा घाउ भएर संक्रमण भएर उपचार भइरहेपनि अवस्था कठिन नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । असार २८ गतेबाट उपचारमा रहेकी बालिकालाई थप रगत आवश्यक भएकाले रगत दिइएको स्वास्थ्यकर्मीको भनाइ छ ।

बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको बताइएको छ । अछाम प्रहरीका अनुसार समयमै आफूहरुलाई जानकारी नआएका कारण आरोपी भागेर भारत गइसको बताएको छ ।‘हामीले नेपालभर आरोपीको हुलियासहितको खोजी गरिरहेका छौँ, भारतमा भएपनि थप प्रक्रियामा जानेछौँ ।’ अछाम प्रहरी प्रमुख डिएसपी रुकेश तण्डुकारले भने ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब…

प्रतिकृयाहरू
...