[ गजल ]
छैन मन मा कुनै रहर, तिमी परदेश हिँडे देखि
शुन्य शुन्य लाग्छ सहर,तिमी परदेश हिँडे देखि ।।
एक्लोपनको आभास भइ,हरेश खाइदिदा मनले
पिउँ जस्तो लाग्छ जहर,तिमी परदेश हिँडे देखि ।।
सन्नाटा मा कोल्टे फेर्दै, छट्पटि मा बित्छ रात
अमिलो मन,तितो प्रहर,तिमी परदेश हिँडे देखि ।।
तिम्रै बाटो हेर्दै नयन, छचल्किन खोज्छन् त्यसै
बगाइ आँसु बन्छ नहर,तिमी परदेश हिँडे देखि ।।
आफ्नै देशमा मेहनत गर्दै,रमाइ बस्नु पर्छ अब
भन्ने मनले गर्यो ठहर, तिमी परदेश हिँडे देखि ।।
कमला न्यौपाने, झापा
हाल -भक्तपुर