Tuesday 29th September 2026

सप्तरीमा एक महिला गाउँकै दिदीबहिनीहरूको ६० लाख रूपैयाँ ठगेर फरार


तितोपाटी – गाउँभरी ऋण उठाएर छिमेकी महिला वेपत्ता भएपछि सप्तरीको खडक नगरपालिका–१०, इनरुवा फुलवरियाका महिलाहरु यतिवेला समस्यामा छन् । फरार महिलालाई पक्राउ गरी कारवाही गर्न र पैसा असुल गरिदिन आग्रह गर्दै प्रहरी÷प्रशासन धाउनु उनीहरुको दैनिकी वनेको छ ।

 

पति विदेश गएपछि छोराको पढाई र घर खर्च अभाव भएको भन्दै स्थानीय हेमनारायण चौधरीकी पत्नि रामपरिदेवीले गाउँका महिलाहरुसँग घरलौरी ऋण उठाएर वेपत्ता भएको पीडितहरुको गुनासो छ ।

छोरा इन्द्रनारायणको पढाईका लागि भन्दै रामपरीले रकम संकलन गरेको उनीहरुको भनाई छ । रामपरीका दुई भाई छोरा मध्ये इन्द्रनारायण भारतको वेङ्लौर र ध्रवु राजविराजमा अध्ययनरत छन् ।

वेपत्ता रामपरी विरुद्ध गाउँका करिव ४० जना महिलाले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएका छन् । ब्यवहारीक कठिनाई देखाएर ठगि गरेको उल्लेख गर्दै दर्ता गराईएको उजुरीमा रामपरीले हरेक महिलासँग ६ हजारदेखि ६ लाख २९ सम्म ऋण उठाई करिव ६० लाख रकम जम्मा गरेर वेपत्ता भएको उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...