Sunday 1st November 2026

नवलपरासीमा बस दुर्घटना हुँदा १ को मृत्यु, २१ घाइते


तितोपाटी –

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुमहीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस सुनवल नगरपालिका–१२, भुमहीमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गुल्मी जिल्ला मालिका गाउँपालीका–१, अर्चेङका अन्दाजी ३७ वर्षिय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ । बस पल्टदा उनको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो भने उनकी अन्दाजी ६ वर्षीया छोरी सुप्रिया लम्साल गम्भिर घाइते भएकी छिन् ।

घाइतेहरु मध्ये १० जना गम्भिर रहेको र उनीहरुको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भईरहेको छ । सामान्य घाइतेको भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा उपचार भैरहेको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...