Monday 6th May 2024

सिंगापुरमा अनुष्काको बोल्ने मुर्ति


तितोपाटी – अनुष्का चाँडै नै सिंगापुरको मेडम तुसाद म्युजियममा देखिँदैछिन् । अनुष्काको यहाँ एउटा अनौठों मूर्ति बन्नेछ, जुन मूर्ति अन्य मैन मूर्ति भन्दा भिन्न हुनेछ । मेडम तुसाद म्यूजियममा ख्याती कमाएका र समाजका लागि राम्रा काम गरेका व्यक्तिहरुको मैन मूर्ति राखिन्छ । अनुष्काको ख्यातीलाई देखेर सिंगापुरको म्युजियमले अनुष्काको मूर्ति राख्ने निर्णय गरेको हो । तर अनुष्काका मूर्ति अरुको भन्दा भिन्न रहनेछ, कारण अनुष्काको यो मूर्ति बोल्ने छ । म्युजियमले एउटा नयाँ फिचर अनुष्काको मूर्तिमा जोडेको छ।

सिंगापुरको मेडम तुसाद म्युजियममा ओपरा विन्फ्रे, क्रिस्टियानो रोनाल्डो, लेविस हैमिलटन जस्ता ठूला स्टारका मैन मूर्ति राखिएका छन् । तर यीभन्दा भिन्न अनुष्काको मूर्तिले आफ्ना फ्यानसँग पनि कुरा गर्नेछ । मूर्तिमा अनुष्काको हातमा एउटा फोन पनि हुनेछ । सिंगापुरको यो म्युजियमको भ्रमणमा गर्नेमा अधिकतम् भारतीय पर्यटक रहने गरेका छन् ।

बलिउड अभिनेत्री अनुष्का शर्मा छोटो समय उचाइ हासिल गर्ने अभिनेत्रीका रुपमा चिनिन्छिन् । बलिउडका हरेक ठूला स्टारसँग काम गर्दै आएकी अनुष्काले सानादेखि ठूला भूमिकासम्ममा पनि चर्चा कमाउँदै आएकी छिन्।

दुई हप्ता पहिला सार्वजनिक ‘सञ्जु’मा अनुष्का छोटो भूमिकामा छिन् तर यहाँ पनि उनले आफ्नो भागमा दर्शकको माया कमाउन सफल भएकी छिन् । छोटै भए पनि फिल्ममा उनको भूमिका दर्शकले रुचाएका थिए ।

अभिनयसँगै निर्माणमा समेत सहभागी हुँदै आएकी अनुष्का तत्काल भने फुर्सदमा छिन् । यही कारण उनी अहिले क्रिकेटर पति बिराट कोहलीसँग बेलायत भ्रमणमा छिन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...